Home
Photo Gallery
Video Gallery
Forum
Directory
Articles
External Website Links
About NepaliSamajUK.com
 "this page is best viewed with 1024x768 resolution"
 
 
 
 
 
ARTICLE:
कसरी खायो आगोले हेर कमलको शरीर
Share on Facebook
 
AUTHOR:
Prabha Acharya
DATE SUBMITTED :
2010-02-16
 
किन खायो आगोको लप्काले
त्यो नीरिह सुन्दर,स्वच्छ परीलाई ?
किन डाहा गर्‍यो अद्रिश्य शक्तिले
मनमा नै उडिरहने त्यो निश्छल चरीलाई ?
छात्तिभरी हरियाली चिया सजाइ
माइबेनीलाई शीरमा सलल बगाइ
पूर्वमा हरियाली बोकेर उभियौ
"पहाडकी रानी"को उपमा सजायौ
कुन दैव लाग्यो हरे तिमीलाई ?
क्षणभर मै बनायो अस्तित्वहिन तिमीलाई
सबैकी सपनाकी रानी थियौ तिमी
त र आज बन्यौ खरानी तिमी ।
उफ!सक्दिन सहन म तिम्रो ब्यथा
कसरी लेखुँ अब म तिम्रो बिह्वल कथा ?
शीरमा चाँप,गुराँस सजाइ
पर्यटकलाई मुग्ध बनाउथ्यौ
मधेशका त्रिषित काकाकुललाई
झरनाको चिसो पानी पिलाउँथ्यौ
कसरी रापमा छट्पटियौ हौली
"ईलाम"को अस्तित्व अब कहाँ भेटौली ?
रोइ रोइ छात्ती पटिरहेछन हेर
तिम्रै काखका सारा सन्तती
त र नगर चिन्ता आशुमा डुबी
फेर्नेछन सन्तानले तिम्रो नयाँ जूनी
किन क्रुर बन्यो त्यो निर्दयी अग्नी ?
सोध्न मन लाग्यो तिम्रो दोष
के छ भनि ?
बिवश बन्यौ की बाध्यतामा फँस्यौ
त्यो सुन्दर रूपमा किन खरानी घस्यौ ?
भो अब बिव्हल नबन तिमी
तिमीलाई सिंगार्छौ अब फेरि हामी
रूप त जलेर केही हुन्न खासै
मन जलाइ नमार आशै
बौरिनु पर्छ फेरी तिमीले
लिनु पर्छ पुनर्जन्म अनी तिमीले
बिर्सिनु आगोको त्यो क्रुर लप्कालाई
अब फेरि सम्हाल्नु पर्छ तिमीले
लाजको सप्कालाई ।
नसम्झ खाग भै बिलाए भनि
नडराउ शत्रुले जलाए भनि ।
(आगोको लप्कामा फँसेकी "पहाडकी रानी" ईलामको सम्झनमा शोक बिव्हल कबिता रचना)
 
 
 
 
नेपाली समाज यूके has been registered (No: 2490992) under the Trade Marks Act 1994 of Great Britain & Northern Ireland.
© www.nepalisamajuk.com | All rights reserved | Legal