सँगै जिउने आशा देखाइ छोडि जानेलाई
मुटुदेखी समर्पित माया मारी जानेलाई
पिरै पिर दिनेलाई
गुणले मार्न सकिएन धोकै धोका दिनेलाई
मिठो मसिनो कुराले मनै मेरो जितेर
छागा बाट किन झारी दियौ एक्लै पारेर
दु:खै दु:ख दिनेलाई
गुणले मार्न सकिएन धोकै धोका दिनेलाई
लामो बाटो देखाउदै मलाई फसाएर
के पायौ आखिर तिम्ले मलाइ रुवाएर
आसु मात्र दिनेलाई
गुणले मार्न सकिएन धोकै धोका दिनेलाई