दिनमा झुल्की आइदेउ घाम बनी
रातमा चम्की आइदेउ जुन बनी
आकाशमा उडे भने बादल भइ देउ
धर्तिमा रहे भने सित बनी झरी देउ
सबै पलहरुमा सधैं मेरो साथ बस्नु
दिलमादिल मिलाई चोखोमाया गास्नु
एक्लै भए भने, सम्झना बनी आइ देउ
छुट्टी टाढा बसे भावना बनी आइ देउ
यस्तै साथ मलाई सधैं भरी दि रहनु
सधैं भरी यस्तै मिठो माया लाईरहनु