Share on facebook

स्याबास अनी बधाई नेपाली नेताहरुलाई

सबैले गाली गर्छन नेपाली नेताहरुलाई तर म भने स्याबास भन्दैछु अनी बधाई दिदैछु उनिहरुलाई। छक्क पर्दै हुनुहुन्छ होला तपाईं पाठक ब्रिन्द यो मेरो वाक्य पढेर, तर छक्क पर्नु पर्दैन जुन म बेली बिस्तारमा बर्णन गर्न गैरहेछु आज। वास्तबमै मान्नु पर्छ हाम्रा नेताहरुलाई हामीहरुले, किन कि हाम्रै नेताहरु हुन उनिहरु। हामीले बनाएका नेताहरु हुन। राम्रा नराम्रा जस्ता भए पनि हो हाम्रै नेताहरु हुन। अन्य देशको नेताहरु भन्दा भिन्न स्वभाब भएका नेताहरु हुन उनिहरु। राष्ट्रबादको नारा लगाएर नथाक्ने तर राष्ट्रबादको अर्थ नबुझेका अचम्मका प्राणिहरु हुन यि नेताहरु। राजनेता हुँ भन्न रुचाउने तर राज्यको सुशासनको बारेमा बडो खिल्ली उडाउने अजङ्गका जङ्गली जनवारहरु बनेका छन यि नेताहरु। मानबताको कुरा गर्दा भगवान झै प्रस्तुत हुन सक्ने तर दानबिय मन मस्तिस्क भएका भिजिलान्तेहरु हुन उनिहरु। तर जस्तो सुकै प्रकृतिका भएपनी, हामीमाथी राज गर्न सफल भएका छन उनिहरु , त्यसैले म उनिहरुलाई स्याबास अनी बधाई दिन एक रती हिचकिचाउन्न। दुई करोड बयानब्बे लाख नेपालीको आखोमा छारो हान्दै बिभिन्न बहानामा देशमा देश द्रोह गर्नेहरुलाई मान्नै पर्छ बा!!!

राणाकालिन अनी पञ्चायती समयको बारेमा बर्णन गरेर म समय बर्बाद गर्न चाहन्न किन कि हाम्रो मन मस्तिस्क बर्तमानमा केन्द्रित हुनु नै उपयुक्त अनी सान्दर्भिक हुन्छ अनी भोलिको लागि बाटो निर्माणमा पहल गर्न सकिन्छ। हाम्रा अहिलेका नेताहरु यस्ता; कोही सर्वोच्च अदालत ले सर्वस्वहरण सहित जन्मकैदको फैसला गरेका सभासद अनी उनलाई सजायबाट उन्मुक्ती दिलाउने माओवादीका सिर्सस्थ नेताहरु। भन्छन उनिहरु युद्दकालमा भएका अपराधहरु अपराध हैन रे? उसो भए के युद्दकालमा हामी मान्छे बनिसकेका थिएनौ? युद्दकालमा हामी जङ्गली थियौ? युद्दकालमा हाम्रो जिबनको मुल्य थिएन? युद्द सर्बसाधारण जनता र माओवादी बिचको थियो कि? युद्द राज्य र जनता बिचको थियो कि? युद्द राज्य र माओवादी बिचको थियो? पक्कै पनि युद्द जनता र माओवादी अनी जनता र राज्यबिचको हैन। तसर्थ जो जो निर्दोश ब्यक्त्तिको हत्या भयो युद्दकालमा राज्य या माओवादी बाट सबै न्यायको कठघरामा उभ्याइनु पर्छ। कानुन बलियाको मात्र हैन दुब्लाको लागि पनि हो भनी प्रमाणित गर्न सक्नु पर्छ। हैन भने दुब्लाको लागि नेपाल राज्य हैन भनेर कानुनको एक धारामा उल्लेखित हुनुपर्छ।

प्रहरी अनी कानुनको आँखामा अपराधी ठहरिएका ब्यक्तित्व जब प्रहरिको गोलिबाट मर्छन, कहिले एमालेका केन्द्रिय तहका नेताहरु प्रहरी अनी राज्यको बिरुद्दमा कडा रुपमा उत्रिन्छन त कहिले नेपाली काङ्रेसका केन्द्रिय नेताहरु अपराधीक छबी भएका ब्यक्तिको वकलातमा दिलो ज्यान दिएर लाग्छन। मैले भन्न खोजेको पक्कै पनि यो हैन कि अपराधीक छबी भएका ब्यक्तिलाई प्रहरिले मार्नु उचित हो। यो पक्कै पनि अनुचित हो। किनकी अदालत,काराघर त्यस्तै अपराधीक ब्यक्तित्वलाई सुधार्नको लागि बनाइएको एक पुनर्स्थापना केन्द्र हो। यदी अपराधीहरुलाई सिधा बन्दुकको कार्वाही गर्ने हो भने किन चाहियो अदालत किन चाहियो काराघर? तर कुरो यो हो कि अपराधीक ब्यक्तिको नाम मा यसरी खुलेआम साम्सद अबरुद्द गर्ने अनी मानब अधिकार धाउने यि नेताहरुले कतिसम्म दबाब दिदा हुन प्रहरी प्रशासन र अदालतलाई भित्री तवरमा। मैले भन्न खोजेको यो हो कि हामीले यस्ता मान्छेहरुलाई नेता मानिरहेका छौ कि जो सिधै अपराधीक दुनियाँमा सम्लग्न छन। उनिहरुलाई नेता मान्नु हाम्रो गल्ती हो कि उनिहरु नेता बनेर छात्ती फुलाएर हिडनु उनिहरुको गल्ती हो? यो हामीले बुझ्नु आजको आवश्यकता हो।

आफ्नै नेपाली दाजुभाइलाई युपी बिहार जाउ भन्न भ्याउछन कहिले हाम्रा प्रधानमन्त्री के पि ओली त कहिले मधेस आन्दोलन दुई चार जनाको आन्दोलन हो भन्छन उनी। खै कहाँ गयो भाषणमा गर्ने राष्ट्रियता? यो उनको बोलिले हाम्रो समाजमा एकता ल्याउछ कि बैमनुस्यता? उनमा गाम्भिर्यता खै देशलाई सिङ्गो एक मालामा उनेर अघी बढने? जे होस के पि ओलीको शब्दमै छ हाम्रो भोली। उनमा सदबुद्दी आओस ,देशलाई सही बाटोमा बढाउन सकोस। तर यो उनले बुझोस कि शब्दमा मात्र सिमित राष्ट्रियताले भोको पेट भर्दैन। ग्यास तेलको अभाबलाई दाउरा बिकल्प दिएर समस्या सुल्झदैन। यो त केवल आवेस मात्र हो। यदी एक बर्ष मात्र काठमान्डुबासिले दाउरामा भात पकाउने हो भने काठमान्डुको बायुमन्डल प्रदुशित भएर अर्को बिपती फेरी नआउँला भन्न सकिन्न। तसर्थ म यो बिनम्र अनुरोध गर्दछु कि चाडो भन्दा चाडो मधेश आन्दोलन सम्बोधन होओस अनी एक मात्र देश नभएर अन्य देशसङ्ग पनि ब्यापारिक साझेदारी होस , महङगी नै किन नहोस।

भुकम्पले आक्रान्त बनेको देश नेपालमा संबिधान थाती राखेर पुन निर्माण अनी राहत बितरणमा देश केन्द्रित हुनु पर्ने बेलामा पुन निर्माण र राहत बितरणलाई थाती राखेर संबिधान जारी भयो। यो उल्टो भए पनि खासै नराम्रो नै चाँही हैन। तथापी संबिधान बिरोधी मधेस आन्दोलनले भुकम्पको बिद्वम्सलाई ओझेलमा पारेर अघी बढ्यो। अन्तत नाका बन्दी नै गरे मधेसबादी दलहरुले अनी आज पैसा भएर पनि खान लाउन नपाउने , उपचार गर्न नपाउने , बिधालय गएर पढन नसक्ने स्थितीको श्रीजना भएको छ। यस्तो मोडमा सबै नेपाली जनताले चाइनाबाट नै समानको पुर्ती गर भन्दा पनि सरकार धिला सुस्ती गरिरहेछ अनी मधेसबादी दलका नेताहरु करोडौ नेपाली जनताहरु भोकै नाग्गै मर्न सक्ने अवस्थामा पुर्याएर गौरबका साथ हो हामीले नै नाकाबन्दी गरेका हौ भन्दै छाती फुलाएर हिडिरहेका छन। वास्तबमा चाइनाबाट समान ल्याउन किन ढिलाई सरकारबाट? नाकाबन्दी कसका लागि मधेसबादी दलहरुबाट? कसले नाकाबन्दिको मार खेपिरहेको छ? मधेसी जनताले नाकाबन्दिको मार खेपेको छैन र? मधेसी = पहाडी= हिमाली= जनजाती= दलित= बाहुन= नेपाली हैन र?

आन्दोलनको कारणले भौतिक अनी मानबिय क्षति दिनानुदिन भइरहेछ यहाँ। यो भोली बेहोर्नु पर्ने त हामीले नै हैन र? देश गरीब हुँदा हामी पनि गरीब हुन्नौ र? हिजोको माओवादी आन्दोलनले हामीलाई चोट पिडाबाहेक खै के दियो र? आन्दोलनले हामीलाई अघी हैन पछी धकेल्छ भन्ने कुरालाई बुझ्नु आजको आवश्यकता हो। त्यस्तैगरी समाजमा एकथरिले अर्को थरिलाई हेपेर थिचेर राखेर हामीले कहिले पनि पूर्ण समाजको बिकास गर्न सक्दैनौ तसर्थ सबै ब्यक्तीले उसको योग्यता क्षमता अनुसार आफ्नो भूमिका निर्वाह गर्न पाउने बातावरणको श्रीजना गर्ने दायित्व सरकारले निर्वाह गर्नु आजको नेपाली माटोको खाचो हो। एकथरी ब्यक्तीमात्र माथि उठेर देशको बिकास सम्भब छैन भनेर हिजो राणा बिरुद्द, अनी पञ्चे बिरुद्द त्यसपछी राजा बिरुद्द आन्दोलन भएको कुरालाई राज्य पक्षले मनन गर्नु सान्दर्भिक देखिन्छ। हामी सबै नेपाली मिलेर अनी समान भएर मात्र यो देशको उन्नती प्रगती सम्भब छ।

हामी हामीलाई घाटा छ भनेर थाहा पाउदा पाउदै पनि ति धुर्त ब्वासरुपी नेताहरुको चङ्गुलमा फसेर आज आन्दोलन गरिरहेका छौ, नाकाबन्दी -हडताल गरिरहेका छौ। उनिहरु हासी हासी हाम्रो रगत पसिना चुसिरहेछन, हाम्रै भबिस्यको लागि भन्दै। तर हामीलाई नै उनिहरुले खाइसके भने कसरी हुन्छ हाम्रो भबिस्य । तसर्थ ति ब्वासाहरुबाट बचौ अनी आफ्ना वारीपरिकालाई पनि बचाऔ। हामी जस्ता लाटा सोझा जनताहरुलाई आजसम्म हतियार बनाएर अघी बढी देशको अनी हाम्रो भबिस्य बर्बाद गर्न सफल भएकोमा आजबाट कहिलै पनि स्याबास अनी बधाइ हुनेछैन तिमीहरु जस्ता नपुङ्सक ब्वासाहरुलाई ।


Submitted by:  Rambhakta Rai

Compare Cheap Fllights to Nepal