Star Tours
Share on facebook

भगवान! एउटा नेता देउ ।।।

लगभग सयौ पार्टीहरु  छन नेपालमा। दर्जनौ पार्टीहरुबाट सयौ सम्सदहरु  छन। प्रत्यक पार्टीमा नेताहरु छन। म नेता हुँ भन्ने महामानबहरु त लाखौं छन नेपालमा। तर पनि सबै नेपाली भन्छन नेता नै भएन हाम्रो नेपालमा। मैले पनि धेरै सोचे अनी खोजे पनि नेपालमा नेता छ कि छैन भनेर, बिडम्बना  मैले पनि नेता नै भेटिन। नेता छन त मात्र कोही पार्टीका, कोही जातिका,कोही अपराधीका,  कोही रङका त कोही धर्मका तर कोही छैन रहेछन नेपालिका लागि नेता। सम्पूर्ण नेपाल मेरो हो सम्पूर्ण नेपालको उन्नती प्रगतीमा मेरो जिम्मेवारी छ भन्ने कुनै पनि थरिबाट एउटै  नेता देख्न सकिन। सम्पूर्ण नेपाली मेरो जनता हो उनिहरुको भबिस्य कोर्ने मेरो जिम्मा हो भन्ने भावना बोकेको पनि कुनै दल बिशेषबाट कोही भेटिन। तसर्थ अती दु:खको कुरा नेताबिहिन देश नेपाल भन्न परेको छ मैले आज। किनकी कोही नेपाली कसैलाई नेता मान्न तयार नै छैन।

यदी हाम्रो देशमा नेता हुदो होत प्रत्यक बर्ष किन सरकार बदल्नु पर्थ्यो? किन पालैपालो प्रधानमन्त्री हुन कहिले कुन त कहिले कुन सम्झौता गर्नु पर्थ्यो?किन चुनावमा हारेकाहरु मन्त्री प्रधानमन्त्री बन्थे? किन महिनौ सम्म पनि भुकम्पपीडित पालमुनी चिसोले कठाङ्ग्रिदै बस्नु पर्थ्यो? किन लोडसेट्टिङ, ग्यास र तेलको जातोमुनी उहिलेदेखी अहिलेसम्म पिस्सिदै  हामी बस्नु पर्थ्यो?यी सबै घटनाक्रम एकचोटी हैन लगातार घटिरहेछ ईतिहासदेखी अहिलेसम्म किनकी हाम्रो देशमा कुनै राष्ट्र नेताको आगमन नै हुन सकेको छैन आजसम्म। हाम्रो देशमा नेता छैन भन्दा म नै हुँ नेता भन्नेहरु थुप्रै छन तर अफसोस बाहिर जती बुर्कुसी मारे पनि आफ्नो तन मन परिवार र नातागोताभित्र खुम्चिएर अन्त पर कही पुग्न सकेको देखिदैन। त्यो बन्धन तोडेर क्षितिजसम्म पुग्न अनी देख्न सक्ने एक साहसी बिबेकी अनी दुरदर्सी नेताको पर्खाइमा बसिरहेछ नेपाल।

हुन त हाम्रो पनि गल्ती छ। त्यो गल्ती के हो भने अरुले नै आएर गरिदेओस भन्ने एक खालको भित्री चाहना छ हामीमा। जसले गर्दा हामीसँग भएका बाटा,कुवा पधेरा , नहर, कुलो, बिधालय पनि जिर्णोदार बन्दै गैरहेको छ। तसर्थ हामीमा पनि यो देशमा भएको सम्पूर्ण कुरा हाम्रो सम्पति हो ,मेरो सम्पति हो, यसको सम्रक्षण-सम्बर्धन गर्नु मेरो कर्तब्य हो भन्ने बोध भित्री मनबाट आउनु अत्यन्त्त जरुरी छ अनी यसलाई व्यबहारमा लगाउनु पनि अत्यावस्यक छ। यदी हामीले अल्छि नगरि कृषिलाई मात्र पनि औधोगिकीकरण गर्न सके नेपालबाट बर्सेनी खाधान्नको लागि बिदेसिने अरबौ रकम नेपालमै रोक्न सकिन्छ जसले हजारौं रोजगारीको श्रीजना गर्नुका साथै देशलाई आत्म निर्भर बनाउन सहयोग पुग्दछ। तसर्थ हाम्रो अल्छिपनालाई हटाउनु पनि आजको हाम्रो चुनौती हो। हुन त हामीले जागर चलायौ भने पनि हामीलाई काम गर्न नदिने देशद्रोहिहरु पनि यहाँ थुप्रै छन जुन राजनीतिको ब्यापार गरेर बारम्बार देश बन्द गरिरहन्छन अनी हामीलाई तडपाएर रमाउछन उनिहरु। तर भन्छन ति पाजिहरु म यो देशको नेता; यस्तै बकम्फुसे देशद्रोहिहरुलाई पराजित गर्ने सम्पूर्ण नेपालीको नेताको खाचो छ यहाँ। जब नेता हुन्छ यहाँ बन्द हडताल बिलिन भएर जानेछ।

हाम्रो देश पानीको देश, हाम्रो देश जडिबुटिको देश, हाम्रो देश हिमालको देश यसको मतलब हाम्रो देश अपार सम्भावना बोकेको देश। यस्तो सम्भावना हुँदा हुँदै पनि गरीब देशको गरीब नेपाली हामी।किन हामी गरीब त?एउटै मात्र कारण छ हामी गरीब हुनुमा हाम्रो देशको सरकार,जुन नेताबिहिन छ, नेत्रित्वबिहिन छ। यदी धेरै डाडाहरु भएकोले गर्दा प्रसस्तै हावा डाडामा चल्ने गर्दछ जसलाई डाईनामिक इनर्जीमा परिवर्तन गर्न सके नेपाललाई पुग्ने प्रसस्त बिजुली निकाल्न सकिन्छ। पानीबाट बिजुली निकालेर बिदेशमा निर्यात गर्न

Submitted by: Rambhakta Rai

Compare Cheap Fllights to Nepal