Share on facebook

नयाँ पुस्ताका एकमात्र काङ्रेसी नेता गगन थापा

गगन थापा नेपाली काङ्रेसभित्र भर्खरै उदाएका नेपालका  एक लोकप्रिय पात्र हुन। ६२-६३ को गणतान्त्रिक  आन्दोलनको अगुवा बिधार्थी नेता भएर उनी चर्चामा आएका एक होनहार युवा हुन।  नेपाली काङ्रेसको १२ औ महाधिबेसनमा अत्यधिक भोट ल्याएर निर्वाजित काङ्रेसका केन्द्रिय सदस्य बनेर हौसिएका एक उत्तेजित राजनीतिकर्मी हुन उनी। तर १२ औ महाधिबेसनको समयमा जस्तो १३ औ महाधिबेसनमा उनको लोकप्रियता रहेन। शायद उनले कही कतै गल्ती गरे होलान, या नेपाली काङ्रेसका कार्यकर्ताले चाहेजती गर्न सकेन होलान, या उनलाई काङ्रेसको दोस्रो ठुलो पदको लागि उपयुक्त सोचेन होलान महाधिबेसन प्रतिनिधिहरुले  । अन्तत उनी महामन्त्रीमा पराजित हुन पुगे। तर उनको हार आज सर्वत्र चर्चामा छ, हारपछी उनको पक्षमा वकालात हुन थालेका छन, जुन यो पल्टलाई ढिलो भइसकेको छ। तर हारेर पनि यती धेरै चर्चामा आउने, अनी यती धेरै सान्त्वना पाउने यो महाधिबेसनको उनी मात्र एक पात्र हुन। शायद चुनाव पहिले नै यती धेरै उनको सकरात्मक् चर्चा परिचर्चा भएको भए परीणाम अर्कै पनि आउथ्यो। मरेपछी मात्र गुणगाण गाउने सस्कृतिको प्रतिफल हो यो अहिलेको हार पछीको गगनको क्षमताको  प्रसम्सा। अब अर्को युबाको प्रसम्सा गर्ने भए बेलैमा गरौ, गगनको जस्तो हार पछी हैन।

वास्तबमा म गगन थापालाई अरु नेपालीले भने जस्तो कहिलै पनि उत्कृष्ट ब्यक्तिको दर्जामा राखेर हेर्दिन र हेरेको पनि छैन। किनकी उनले यस्तो काम गरेका छैनन जुन मेरो जिबिकोपार्जनको लागि उपयुक्त होस, या उनले गरेको कुरो अनुसरण गर्दा सम्पूर्ण नेपालीलाई रोजिरोटिको ब्यवस्था हुन सकोस। तर कुरो यो छ कि कुनै नेपाली नेताले पनि आजसम्म जनताको रोजिरोटिको लागि केही गरेको छैन, गरेको छ त केवल चुनाव जित्नको लागि आफ्नै कार्यकर्ताको लागि गरेका होलान। कुरो जे भएपनी मलाई लाग्दछ अधिकाङ्स नेपालीलाई भरोसा छैन अब कुनै पनि पुराना नेताबाट नयाँ कुराको सम्भावना छैन, भलै ति महाधिबेसन प्रतिनिधिहरुले जे निर्णय गरेका छन यो महाधिबेसनमा। नयाँ पुस्ताका उदाउदा अनुहारहरु त्यही पुरानाहरुको फेरो समाएर आफ्नो राजनीतिक भबिस्यको लागि  अघी बढीरहदा एक जना ब्यक्ती अब पुरानाबाट सम्भब छैन युबाबाट मात्र देशमा बिकास  सम्भब छ भनेर अगाडि आउनु भनेको चानचुने कुरा हैन। किनकी नेपाली राजनीतिक पार्टिहरु गुटले नै चलेको छ र पुरानाहरुको हातमा छ नयाहरुको भबिस्य।  जनतामा लोकप्रिय भएर एक सभासदको चुनाव जितेर मात्र केही हुँदैन। यस्तो परिस्थितीमा गुटको बिरुद्दमा हार्छु भनी जानी जानी उठनु , अनी हारे पछी कहाँ पुग्छु भन्ने कुरालाई गौण राख्नु सबैले गगन थापाको मुर्खता भने होलान। तर मैले यो महाधिबेसनबाट बहादुर निडर माने गगन थापालाई। किनकी यस्तै जोखिम मोल्न सक्नेहरुबाट मात्र परिवर्तन, बिकास, उन्नती-प्रगती सम्भब छ। जसले जोखिम मोल्न सक्दैन उसले कहिलै प्रगती गर्न सक्दैन, तसर्थ म भन्छु अबको नयाँ पुस्ताको एक मात्र काङ्रेसी नेता रहेछन गगन थापा।

लोकप्रियता र चुनाव एक आपसमा अनन्योस्रित कुरा हुन तर गगनको सन्दर्भमा फरक साबित भएको छ। दोस्रो संबिधान सभाको चुनावमा बिभिन्न जिल्लाहरुमा चुनाव जित्नका लागि अन्य नेताहरुले उनलाई एक प्रखर बक्ताका रुपमा लगे। उनले ति नेताहरुको निम्ती भाषण पनि गर्दै हिंडे जिल्ला जिल्लामा। सायद कसैले उनैको सहयोगले चुनाव जितेर मन्त्री भए होलान। यसको मतलब उनको लोकप्रियता जनतामा बर्चस्व छन र पार्टीभित्र पनि छन। सामाजिक सन्जालहरुमा पनि उनको नाम प्रधानमन्त्रिको निम्ती सर्वे गरिरहेको देखिन्छ। यसको मतलब उसको अहिलेको काम कार्वाहिहरुप्रती जनता अहिलेसम्म आश्वास्त छन। हुन सक्छ यो हारले उनको चरित्रमा परिवर्तन आउन सक्छ। तर उनको अहिलेसम्मको चरित्रमा, साहसमा, प्रदर्सनशिलतामा कुनै कमी अनी परिवर्तन आएन भने उनी पक्कै एकदिन नेपाली काङ्रेसको सभापति अनी नेपालकै प्रधानमन्त्री हुने पक्का छ। किन कि नेपाली काङ्रेसमा अरु कोही यस्तो निडर युबा छैन जसले सिर्सस्त नेताहरुको गल्तिमा औला ठडयाएर बोल्न सकोस अनी भन्न सकोस कि तपाईं सक्रीय राजनीति छाडिदिनोस अब हामी गर्छौ देशको नेत्रित्व। गगन थापा मात्र यस्ता युबा हुन जो नेत्रित्व दिन सक्छु भनेर आट गरेर बोल्न सक्ने। त्यसैले भोलिको काङ्रेसको एक मात्र नेता हुन गगन थापा।


Submitted by: Rambhakta Rai

Compare Cheap Fllights to Nepal