Share on facebook

आमा

आमाले कति गर्छन हामीलाई माया ।
घाम चर्को लाग्दा आमाले दिन्छन् हामीलाई छाँया ।
हामीलाई हुर्काउन धेरै दुख: कष्ट खप्नुहुन्छ ।
दुख: खपेर पनि हामीलाई चाहिएको कुरा आमाले किनिदिनुहुन्छ ।
हामीप्रति उहाँको प्रेम गहिरो छ ।
हामीलाई आपत् पर्यो भने आमालाई पाहाड माथि पहिरो छ ।
आमाको प्रेमलाई हामी गन्न सक्दैनौं ।
आमाले आँशु चुहाउँदा हामी सहन सक्दैनौं ।
कहिले काहिँ हामीले आमाको मायालाई बुझ्दैनौ ।
कहिले काहिँ आमाले भनेको कुरालाई हामीले टेर्दैनौं ।
त्यसबेला दु:खहरु आईपुग्छ ।
तब हामीले आमाको मायालाई बल्‍ल बुझ्दछौं ।
आमाको माया छ घामको किरण जस्तै उज्यालो ।
आमाको मुस्कान मुखमा रहँदा लाग्दछ मलाई रमाईलो ।
म आमालाई निक्‍कै प्रेम गर्छु ।
आमाप्रति म मेरो ‌शिर झुकाउँछु ।


Submitted by: Udek James Moktan

Udek James Moktan

Compare Cheap Fllights to Nepal