Star Tours
Share on facebook

हाम्रो मेरो प्यारो देश नेपाल

हाम्रो देश प्यारो छ, मेरो नेपाल प्यारो छ

हाम्रो देशको माटो, हाम्रो देशको खोलाहरु,

हामीलाई असाध्य प्यारो लाग्छ ।

हामीलाई आफ्नो देशको माया लाग्छ,

त्यसैले यो देशलाई सिँगारेर सफा, सुन्दर,

स्वच्छ अनि हराभरा बनाउनु पर्छ ।

हामीहरु यो देशमा मिलेर बस्नु पर्छ,

परिश्रमी भई, ईमान्दारी भई यो देशको

विकासमा सबैजना लागि पर्नु पर्छ ।

भेदभावको अन्त गरि सबैको सम्मान गर्नुपर्छ,

लोभ र लालच, ईर्ष्या त्यागी सेवामा जुट्नु सक्नु पर्छ,

घुसखोरि, अत्याचारी होईन, बरु स्वाबलम्बी बन्न सक्नु पर्छ ।

नैतिकता र राष्ट्रियता सँधै बचाउनु पर्छ,

गर्व गर्ने ठाउँहरु जोगाउँदै हिँडनु पर्छ ।

तब पो यो देशको गौरब सँधै हामिसँग रहिरहन्छ ।



Submitted by: Chaman Moktan

chaman-moktan-01

Compare Cheap Fllights to Nepal