आउ फेरी परखिन्छु म
Wednesday, 18 January 2012 18:23
आउ फेरी परखिन्छु म तिमीलाई उहि दोबाटो मा
तिमी पनि नदेखेझै हिंड्नु आफ्नै बाटो मा
अनी म बहना बनाई तिमी सँग बोल्न खोजु
तिम्रो नाम्, तिम्रो घर ठेगाना, खोल्न खोजु
यसरी नै फेरी सुरु गरौ हाम्रो कहाँनि
एक दिन फेरी तिमीलाई घर बोलाउ म
मेरो पुरानो साथी भनि सबलाई चिनाँउ म
अनी तिमी जान खोज्दा म गीत सुनाउन सकु
एकैछिन भए पनि बढी तिमीलाई भुलाउन सकु
यसरी नै फेरी सुरु गरौ हाम्रो कहाँनि
हरेक दिन हाम्रो चिना जानी बढ्दै जावोस्
हरेक दिन अलि अलि माया गध्दै जावोस्
साँझ हामी सधै भेटौ, दिन छित्तै धलोस्
साथी भाइ माँझ पनि हाम्रो कुरा चलोस्
यसरी नै फेरी सुरु गरौ हाम्रो कहाँनि
साथिभाइ रिसाउन थालुन हामी दुई ले गर्दा
भनु म सबैलाई एस्तै हुन्छ, माया मा पर्दा
अनी तिमी भोलिको सपना बुन्न थाल्नु
अनी हामी सपना को संसार म भुल्ल थाल्नु
यसरी नै फेरी सुरु गरौ हाम्रो कहाँनि
हरेक दुखमा तिम्रो मेरै सामु अशु झरोस्
हरेक खुशीमा पनि मेरै छातिमा सिर रहोस्
र तेही बाहानामा म पनि तिमीलाई छुन सकु
सधै भरी यसरी नै , तिम्रो हुन सकु
यसरी नै फेरी सुरु गरौ हाम्रो कहाँनि
Submitted by: Shyam Parajuli,
Dorchester
Add comment