Share on facebook

संयोगको कुरा

लन्डन जस्तो  सहरमा
पर्याप्त सुबिधा  साधन
उचित  बातावरण
प्रसस्त  समय
छंदाछदै  पनि
हाम्रो भेटघाट मा
अबरोध  आउनु
संयोगकै  कुरा हो /

जीवनमा  घटेका
समबेदना अंतर्बेदना
कुण्ठित  अभिलासा
मन भित्रै  लुकाई
झुठो हाँसो देखाई
बांची राख्नु पर्ने
संयोगकै  कुरा हो /

तिमि आयको बेला
मनभित्रका सबै
गुम्सिराखेका  कुरा
छताछुल्ल  गरि
पोखने रहर थियो
सामाजिक आडम्बरभित्र
रहेका बन्धनहरु सबै
सबको सामू तोडी
भेट्न न पाउनु
संयोगकै कुरा हो /

Submitted by: Ishwar Manandhar

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal