Share on facebook

जे भन्नु छ तिमी आजै भन

जे भन्नु छ तिमी आजै भन, भोली सायद मरिन्छ कि ?
खरानी भाई बग्दै, कुनै नदी पो तरिन्छ कि ?
जे भन्नु छ तिमी आजै भन, भोली सायद मरिन्छ कि ?

पहरा को लहरा झै झुन्दिएको छु म
तिमीले नै चुढाईदेउ खुसी हुन्छु म
भोली हुरी चल्देला बेसारी, अनि तेसै पो झरिन्छ कि ?
जे भन्नु छ तिमी आजै भन, भोली सायद मरिन्छ कि ?

तिम्रो सबै कुरा मिठै नै हुन्छ मलाई
किनकी माया गर्न थलेको छु तिमीलाई
गाली गर्छौ भने आजै गर, भोली तिम्रो मनै बाट सरिन्छ कि ?
जे भन्नु छ तिमी आजै भन, भोली सायद मरिन्छ कि ?

Submitted by: Shyam Parajuli, Dorchester

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal