Share on facebook

क्रान्ती र रक्ष्याको नाममा

क्रान्ती र रक्ष्याको नाममा हजरौलाई भुटिन्छ यहाँ
बोक्सिको आरोप लगाई सोजा साजा कुटिन्छ यहाँ
आउने भए आउ गोरा हाम्रो देश नेपाल्

अतिथी देवो भव, य स्ता कुरा नसुन तिमीले,
परिवार भन्दा पार्टी ठुलो,बाउ छोरा छुटिन्छ यहाँ
आउने भए आउ गोरा हाम्रो देश नेपाल्

साहाब हरु लाई जनता भन्दा कार्यकर्ता प्यारो हुन्छ,
कर्फु लागेको बेलामा पनि घर हरु लुटिन्छ यहाँ
आउने भए आउ गोरा हाम्रो देश नेपाल्

फलानो लाई मार्‍यो अरे, फलानो अपहरन मा पर्‍यो
अरु को दुखमा रमाई रमाई  खुब ताली पिटिन्छ  यहाँ
आउने भए आउ गोरा हाम्रो देश नेपाल्

तिमी यहाँ मरेउ भने कुकुर को मराई हुनेछ,
कुनै पार्टी को अपराधी मर्दा, सहिद भ नि जितीनन्छ यहाँ
आउने भए आउ गोरा हाम्रो देश नेपाल्

पशु हामी जनता नै हौ, जे पनि सही दिने,
आफ्नो पार्टी को आन्दोलन नभए, लुसुक्क गैदिने
जनता सँगको बफादारी तिमी सँग सिके हुन्थियो
प्रहरी दाई लौरो भन्दा, मिठो बोली झिके हुन्थियो
सही गलत छुत्याउने खुबी अझै आको छैन
तेस्को घर म चो रि भको, मेरो बाउको केहि गाको  छैन ।
डी एस पि , सजिब , मन्त्री लाई खुट्टा मा धोग्नु पर्छ
प्रधानमन्त्री लाई त झन्, खोला तार्दा बोक्नु पर्छ

यस्ता  अनगिन्ती अचम्मका कुरा सिकिन्छ यहाँ
भर्खरै टिकेट काटिहाल गोरा, आउ हाम्रो नेपाल


Submitted by: Shyam Parajuli, Dorchester

Comments 

 
-1 #2 Shyam Parajuli 2012-02-01 01:13
definitely brother, i will , just need some of your blessing.
shyam
 
 
-1 #1 uk nepali 2012-01-25 22:47
well written parajuli ji.
i expect to read more similar in future.
- uk nepali
 

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal