Share on facebook

10km fun-run organised by Greater Rushmoor Nepalese Community

10km fun-run organised by Greater Rushmoor Nepalese Community

ग्रेटर रशमूर नेपाली कम्युनिटीको १० किलोमिटर र फन रन सम्पन्न

अल्डरशट ०८ अक्टुबर २०१७, ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल र बेल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २.५०किलोमिटरको फन रन सम्पन्न गरेको छ।

यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेकोमा १० के तर्फ समय भन्दा पहिले नै १००० जनाले बुक गरेकोले करिब १०० जनालाई बैकल्पिक रुपमा राख्नु परेको थियो भने फन रन तर्फ ५ वर्षका बच्चादेखि ७५ वर्षसम्मका बृद्ध गरि ३०० जनाले भाग लिएका थिए।

नेपाली र स्थानिय समूदाय एक साथ रही आयोजना गरिने उक्त रन पहिला १० के मात्र गर्ने गरिएकोमा यस वर्ष बच्चा, बृद्ध र महिलाहरुलाई मध्यनजर राखी फन रनको समेत आयोजना गरिएको थियो भने फन रनको सम्पूर्ण जिम्मेवारी ग्रेटर रशमूर नेपाली कम्युनिटीले बहन गरेको थियो।

दुवै सुमूदाय बीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण साबित भएको कारण हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने गरिएको कुरा महासचिव मान गुरुंगले बताए। सल्लाहाकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ बरिष्ठ उपाध्यक्ष राम धन राइ, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल, बिर बलाल रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको थियो भने रशमूर ब्रो काउन्सिलका मार्टिन स्टेरियो, बेल्याक वाटर भ्याली रनर्सका मिडिया सेक्रेटरी स्टिभ राड्क्लिफ, सेक्रेटरी एण्डी राट्क्लिफ अर्को साझेदारको तर्फबाट रहेका थिए।

10km fun-run organised by Greater Rushmoor Nepalese Community

बिगत वर्ष भन्दा निकै सफल उक्त कार्यक्रममा रशमूर एरिया मात्र नभई समस्त यू के बासि नेपाली समुदायको तर्फबाट समेत सहभागिता रहेको र कार्यक्रमको सफलताको लागि निबर्तमान अध्यक्ष,समस्त कार्यसमिति, सल्लाहाकार र पंजीकृत सदस्य एवं शुभचिन्तकहरु बिशेस रुपमा लागि परेकोमा अत्यन्तै खुशी हुँदै अध्यक्ष जीव बेलबासेले सबैमा सफलताको लागि बधाई एवं अथक मेहेनतको लागि धन्यबाद दिएका थिए।

स्मरण रहोस उक्त दौड अन्य कम्युनिटी र नेपाली कम्युनिटीलाइ एक ठाउँमा ल्याउनको लागि कोशेढुंगा साबित भएको छ।



News Source:  Jib Belbase, GRNC

Compare Cheap Fllights to Nepal