Share on facebook

छड्के सलाम छ मायांलाई भन्दै लण्डनमा नाचे राजेश हमाल

samsara-suvakamana-saanjh-2069-with-rajesh-hamalलण्डन ११ अप्रिल । पांच दशकको उमेरमा पनि विवाहको खासै चटारो नभएका नेपाली फिल्मका महानायक राजेश हमाल हास्यकलाकार दिपाश्री निरौलासंग कम्मर मर्काइ मर्काइ नाचेका छन । चलचित्रको पर्दामा बाहेक स्टेज कार्यक्रमहरुमा विरलै भेटिने नायक हमाल सम्सारा युकेले बुधबार लण्डनमा आयोजना गरेको सम्सारा शुभकामना सांझ २०६९ मा यसरी नाचेका हुन । बांझो खेतमा छड्के सलाम छ मायांलाई पहिलो भेटमा भन्दै बेलायतवासी नेपाली दर्शकसामु उनीहरु छमछमी नाचे ।

samsara-suvakamana-saanjh-2069-with-rajesh-hamalदर्शकको आग्रहलाई आत्मासाथ गर्दै महानायक हमालले आफ्ना फिल्मी डायलगहरु पनि दिन भ्याए । म शंकर हुं शंकर, दुष्मनका लागि यो हात फलाम हो लगायतका केहि डायलगहरु उनले प्रश्तुत गरेका थिए ।

नेपालबाट आएका तितो सत्यका जोडी दिपकराज गिरी र दिपाश्री निरौलाले हास्यव्यङग्य मार्फत राजनेता, कलाकार, प्रहरी, डाक्टर, गायक सबैको व्यङ्ग्य गरे । उनीहरुले नेपालको समाजिक परिवेश र नेपाली कला, संस्कृतिमाथि तिखो व्यङ्ग्य प्रहार गरेका थिए । हास्यकलाकारद्धय गिरी र निरौलाले विभिन्न गितमा नाच देखाएर दर्शक दिर्घालाई थप सांगितिक उत्तेजना थपे ।

निरमायां रोधी घरका कलकारहरुको स्वागत नृत्यबाट शुरु सांस्कृतिक कार्यक्रममा गायक हिमाल सागरले आफ्ना नयां तथा पुराना गितहरु गाए । उनले न मैले लेखें, मेरी निशा लगायतका चर्चित गितमार्फत दर्शकहरुको वाही वाही बटुले । त्यस्तै कार्यक्रममा संयोजक गायक विवेक श्रेष्ठले तगारोमा रुमाल राखी, हङकङ पोखरा लगायतका गित गाएका थिए । युवा पुस्ताका चर्चित गायक क्रान्ति आले तथा दिपु गुरुङले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन भ्याए ।

samsara-suvakamana-saanjh-2069-with-rajesh-hamalसम्सारा शुभकामना सांझमा परदेशबाट छोराले घरमा फोन गरेको दृश्य झनै रोचक थियो । स्टेजमा हास्य कलाकार दिपक शर्मा (जुनीयर दिपक)को बाबु छोरा वार्तालाप दर्शकहरुले अनौठो मानि हेरीरहेका थिए । हुण्डी मार्फत नेपालमा पैसा पठाएका कलाकार शर्मा हुण्डीको पैसा भुक्तानी गर्ने नै भागेपछि हुण्डाई रोगका कारण बोल्दा बोल्दै बेहोस भएका थिए ।

बेलायतका लागि नेपाली राजदुत डा. शुरेसचन्द्र चालीसेले कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय स्तरका कलकारहरुलाई लण्डनमा सम्मान गर्न पाउंदा आफुलाई खुशी लागेको बताए । सम्सारा युकेले बेलायतका नेपालीहरुलाई बैंकिङ प्रणाली मार्फत नेपालमा पैसा पठाउने र पाउने सहज वातावरण बनाएकोप्रति आफु आभारी रहेको राजदुत चालीसेले बताए । नेपालको अर्थतन्त्रमा सम्सारा युकेले पुर्‍याएको योगदान उनले प्रशंसनीय रहेको समेत स्मरण गरे ।

samsara-suvakamana-saanjh-2069-with-rajesh-hamalएन आर एन युकेका अध्यक्ष कुल आचार्यले नेपाली नयां बर्षको शुभकामना दिंदै सम्सारा युकेले गरेको बृहत शुभकामना सांझ अद्धितिय रहेको बताए । उनले नेपालको अर्थतन्त्रको विकास गर्न र आफुपनि विविध झमेलाबाट मुक्त हुन बैकिङ प्रणाली रोज्नुपर्नेमा जोड दिए ।

शुभकामना सांझमा आयोजक सम्साराका डाइरेक्टर राजाराम गिरीले दर्शकहरुको अपार मायां र सहयोगले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गरे । सम्साराको आयोजनामा भएको महान कलाकारहरुको जमघटले बेलायतवासी नेपालीहरुलाई नेपाली कला संस्कृतिप्रति जागरुक बनाएको गरीले विश्वास लिए ।

samsara-suvakamana-saanjh-2069-with-rajesh-hamalसम्साराको आयोजनामा भएका यस कार्यक्रम बेलायतका नेपाली समुदायकै इतिहासमा पहिलो बृहत कार्यत्रमm भएको आयोजकले दावी गरे । करीब ६ सयभन्दा बढि दर्शकले खचाखच इलिङ टाउनहलबाट दर्शकहरु ठाउं अभावका कारण दुखमनाउ गर्दै पर्किएका थिए । कार्यक्रममा बेलायतका सबैजसो कलाप्रेमी नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राजदुत डा. चालीसेले सहभागि कलाकारहरुलाई खादा लगाई सम्मान गरेका थिए । सम्सारा शुभकामना सांझ १४ अप्रिलमा फोक्स्टोन, १९ मा प्लमस्टेड र २१ मा रेडिङमा हुंदैछ ।


News Source: Dharma Raj Adhikary

Click here to watch video highlights x2
Click here to view more pictures 

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal

Latest Events

Fri Sep 04 @17:00 -
Ramailo Sanjh with Yama Buddha