Share on facebook

कोसेली सांस्कृतिक परिवारको वाषिर्क साधारणसभा सम्पन्न

Kosheli UK Annual General Meetingलण्डन । बेलायतको पुरानो सांस्कृतिक संस्था कोसेली नेपाली सांस्कृतिक परिवार युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । १२ अप्रिलमा दार्जिलिङ इन रेष्टुरेण्टमा सम्पन्न साधारणसभामा संस्थाकी महासचिव शर्मिला सिंहले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन । कोषाध्यक्ष रुवी थापा बुढाथोकीले आम्दानी खर्च विवरण सभामा प्रस्तुत गरीन । महासचिव सिंहको प्रतिवेदनमा संस्थाले सञ्चालन गरेको नृत्य कक्ष।, "Kosheli Nepali Cultural Fusion UK" (a charitable company Limited by Guarantee) नामक रजिष्टर्ड लगायत संस्थाले बर्ष भरी गरेका गतिविधिहरु समेटिएका थिए ।

Kosheli UK Annual General Meetingसंस्थाका अध्यक्ष अमृत गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा यति नेपाली एशोसीयसनका अध्यक्ष उमेश मोक्तानले संस्थाको वाषिर्क तथा आर्थिक प्रतिवेदन स्मरण योग्य रहेको बताए । अन्य नेपाली संस्थाहरुले पनि यस्तै प्रष्ट हिसाव राख्ने हो भने आर्थिक अनियमितताको सवाल नहुने अध्यक्ष मोक्तानले जिकिर गरे । अध्यक्ष मोक्तानले आफ्नो संस्था यति नेपाली एशोसियसन कोसेली परिवारलाई सक्दो सहयोग गर्न तयार रहेको जानकारी दिए ।

Kosheli UK Annual General Meetingसाहित्य विकास परिषद् युकेका अध्यक्ष हरीसिंह थापाले बेलायतमा जन्मिएका वालबच्चाहरुलाई नृत्य कक्ष सञ्चालन गरेर संस्थाले उदाहरणिय काम गरेको बताए । यस्ता कामले नेपाली समाजलाई प्रवासमा चिनाउन सहयोग पुग्ने उनले विश्वास लिए ।

समाजसेवी डा. राघब धितालले छोटो अवधिमा कोसेलीको कार्यसमितिले विभिन्न सामाजिक कार्य गर्न सफल भएकोमा आभार प्रकट गरे । उनले बेलायतमा रहेका सामाजिक संस्थाहरुले कोसेलीसंग सहकार्य गरे नेपाली कला र संस्कृतिको जगेर्ना गर्न सहज हुने बताए ।

Kosheli UK Annual General Meetingकार्यक्रममा संस्थापक अध्यक्ष मदन थापाले कोसेली नेपाली सांस्कृतिक परिवारको लक्ष्य नेपाली कला, संस्कृतिको जगेर्ना र प्रचार प्रसार गर्ने भएको बताए । उनले कोसेली परिवारको पवित्र कार्यमा साथ दिने कलाकार, व्यापारी, समाजसेवी सबैलाई धन्यबाद दिए।

कोशेलिका अध्यक्ष अमृत गुरुङले आफूहरु एकजुट भइ नेपाली कला संस्कृतिको जगेर्नामा लागिरहेको बताए | उनले अग्रजहरुबाट प्राप्त विश्वास र सुझावले पनि प्रोत्साहन मिलिरहेको जनाए |

सो अवसरमा भएको सांस्कृतिक कार्यक्रममा संस्थाका कलाकारहरु तथा बाहिरबाट भागलिने रियाज ब्याण्डका कलाकारहरु उज्वल राम श्रेष्ठ, दिपक श्रेष्ठ, सविन राजभण्डारी, अनिस सिंह ,लगायत विनोद श्रेष्ठ , राज कुमार सिंह तथा मिडियाहरुलाई कोसेली परिवारले विशेष धन्यवाद दिएको थियो ।


News Source: Dharma Raj Adhikari
Click here to watch event videos
Click here to view event pictures 

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal

Latest Events

Sat Sep 20 @17:00 -
Secret Ambition Concert