Share on facebook

साउथ लन्डन कलेजले गोर्खा परिवारलाई होम स्टुडेन्ट्सका रुपमा पढाउने

लन्डन - हाइली ट्रष्टेड 'साउथ लन्डन कलेज' ले गोर्खा परिवारलाई होम स्टुडेन्ट्सका रुपमा पठनपाठनको व्यवस्था मिलाउने भएको छ। कलेज व्यवस्थापनले आवासीय अधिकारपछि भूपू गोर्खा परिवारको आगमनमा वृद्धि भइरहदा सो निर्णय गरेको हो। 'हामी गोर्खा परिवारलाई सहज रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्न लालयित छौं'-कलेजका प्रवन्ध निर्देशक राजन कंडेलले भने।

कलेजको सो निर्णयबाट विशेष गरी नेपालबाट भर्खर आउने गोर्खा परिवार लाभान्वित हुनेछन्। बेलातयकै शैक्षिक संस्थामा होम स्टुडेन्ट्सको सहुलियत पाउन कम्तिमा ३ वर्ष यूके बस्नुपर्ने प्रावधान छ। नेपाली प्रवद्र्धकद्वारा संचालित सो कलेजले हालैमात्र लिड्स मेट्रोपोलिटन विश्वविद्यालय र युनिभर्सिटी अफ वेष्ट अफ इङ्ल्यान्डसंग सम्झौता गरी लन्डनमा व्याचलर डिग्री र मास्टस्र डिग्रीको प्रवन्ध मिलाएको जनाएको छ।

कलेज व्यवस्थापनले ति विश्वविद्यालयसंग 'नोगेसिएसन' गर्ने काम गरिरहेको र त्यसबाट आफ्ना विद्यार्थीले पढाईको समयमा पार्ट टाइम काम गर्न पाउने र होलिडेमा फुल टाइम काम गर्न सक्ने पनि बताएको छ। कलेजले ६ अप्रिल २०१२ बाट कुनै पनि शैक्षिक संस्थाले नयाँ विद्यार्थीलाई स्पोन्सर गर्दा हाइली ट्रष्टेड स्पोन्सरको मान्यता अनिवार्य रुपमा प्राप्त गरेको हुनुपर्ने र सो मान्यता लिन नसके ति कलेजले 'क्यास' जारी गर्न नपाउने वर्तमान व्यवस्था रहेको जनाउंदै यस्तो अफ्ठेरो परिस्थितिमा आफूहरु सहयोग गर्न तयार रहेको समेत बताएको छ।

कलेजका प्रिन्सिपल निक एन्ड्रयूले अब भर्ना हुन चाहने विद्यार्थीलाई शुल्कमा विशेष सहुलियत दिने र भर्नाका लागि पनि विशेष व्यवस्था मिलाइएको जनाए। सो कलेजले विद्यार्थीहरुलाई नियमित कक्षा लिएर सहयोग गर्न पनि आग्रह गरेको छ। 'यूकेबीएको जटिल नियममा हामी हाजिर नहुने विद्यार्थीलाई केही गर्न सक्दैनौं त्यसकारण नियमित कक्षा लिएर बेलैमा आफ्नो भिसा सुरक्षित गर्न सुझाव दिन्छौं'-प्रिन्सिपल एन्ड्रयूले भने। जेहेन्दार र नियमित हाजिर हुने विद्यार्थीलाई आर्थिक संकट परे त्यसमा विचार गर्न सकिने पनि कलेज व्यवस्थापनको दावी छ।


News source: Nepali Patra Weekly 

Comments 

 
+1 #1 sujesh 2012-04-20 23:09
why not for internation student.
 

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal

Latest Events

Sun May 26 @08:30 -
Gurkha Cup 2013
Sun Jun 02 @14:00 -
Buddha Purnima Celebration
Sat Jun 08 @09:00 -
Budha Subba Gold Cup 2013
Sat Jun 15 @08:30 -
4th Gurkha VC Cup