२५५६ औं बुद्धध जयन्ति मनाउन लुम्बिनी नेपाली बुद्ध धर्म सोसाईटी यू.के.ले आईतवार, १३ मे २०१२ को दिन ह्यारो बरो फुुबल क्लबको सभाकक्षमा एक विशेष कार्यक्रम आयोजनामा गरेको थियो । सो अवसरमा थेराबाद र महायान दुवै परंपराका बौद्ध भिक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको शुरुमा भव्य रुपमा सजाइएको भगवान बुद्धको प्रतिमा अगाडि उपस्थित भिक्षुहरु तथा अन्य साधकहरुले फूल गुच्छा, धुप तथा द्विप अर्पण गरि श्रद्धा भक्ति चढाउनु भएको थियो भने भिक्षु सुमनले आगन्तुकहरुलाई पञ्चशिल धारण गराउनुका साथै महायान परम्परा अनुसारको प्रार्थना पनि गरिएको थियो ।
सो अवसरमा बेलायतका लागि नेपालका महामहिम राजदत डा. सुरेश चन्द्र चालिसेले अहिले परिस्थितीमा नेपालमा मात्र नभई संसारका सबै ठाउमा शान्तिको आवस्यकता भएको र शान्तिको प्रतिपादक भगवना बुद्ध नेपालमा जन्मिनु भएकोमा हामी सबै गौरवान्वित छौं भन्नुभयो । बुद्धको उपदेशले संसारका सबै ठाउमा शान्ति छाउनेछ भन्ने वहाको विश्वाश थियो ।
वेलायत भ्रमणमा रहनुभएका महायान परम्पराका त्रियाना धर्म संघ, काठमाडौका भिक्षु खेम्पो बागिन्डासिलले आगन्तुकहरुलाई बुद्ध भगवान नेपालमा जन्मेर शिक्षा दिनु भएपनि हामी नेपालीहरु उहांले प्रतिपादन गर्नभएको ज्ञानलाई त्यक्ति महत्व नदिएको कुरा बताउनुभयो । उहांको संस्थाले नेपालमा बुद्ध शिक्षालाई धेरै नेपालीमाझमा फैलाउन काम गरिरहेको कुरा बताउनु भयो ।
सो कार्यक्रममा लुम्बिनी नेपाली बुद्ध धर्म सोसाईटिका अध्यक्ष भिक्षु सुमनलेर् पञ्चशिल'को वारेमा ज्ञानवर्धक प्रवचन दिनुभएको थियो । यस्तै गरि संस्थाका संस्थापक अध्यक्ष श्री अमृत रत्न स्थापितलेर् कसरी खुशी रहने भन्ने विषयमा प्रवचन दिनुभएको थियो । त्यसपछि भिक्षु सुजनले ध्यानको महत्व र तरिकाको वारेमा बताउदै केही समय आगन्तुकहरु सबैलाई ध्यान गराउनु भएको थियो ।
ध्यान पछि श्रोताहरुको तर्फबाट प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । उपस्थित भिक्षुहरुले श्रोताहरुबाट सोधिएको प्रष्नहरुको जवाफ दिनुभएको थियो । समयाभावको कारणले सोधिएका सबै प्रष्नहरु समेट्न नसकिएको भए पनि श्रोताहरुबाट धेरै समसामयिक तथा महत्वपर्ण प्रष्नहरु राखिएको थियो ।
प्रष्नोत्तरपछि नेपाल सरकारले २०१२ लाई र् लुम्बिनी भ्रमण वर्ष' घोषणा गरेको सन्दर्भमा लुम्बिनीको बारेमा एउटा छोटो परिचयात्मक फिल्म प्रदर्शन गरिएको थियो । कार्यक्रमको अत्यमा भिक्षुहरुबाट परित्राण पाठ गरिनुको साथै आगन्तुकरुलाई परित्राण मन्त्र गरिएको धागो लगाईएको थियो भने संस्थाका सदस्यहरु तथा अन्य श्रद्धालुहरुले ल्याउनुभएको चिउरा, तरकारी, अचार, फलफुल आदिको भोजन पनि व्यवस्था गरिएको थियो ।
बुद्ध जयन्ति मनाउन संस्थाले यस वर्ष पनि आफ्नो बार्षिक पत्रिका र् लुम्बिनी २०१२' धर्म दानको रुपमा निशुल्क वितरण गरिएको थियो । यसवर्षको लुम्बिनीमा विभिन्न लेख रचना, बुद्ध धर्म सम्बन्धि समाचार आदिको साथै आवरणमा नेपालमा यस संस्थाको सहयोगमा युवा बुद्ध संगठन नेपालले गतवर्ष काठमाडौमा आयोजना गरिएकोर् बौद्ध कला प्रतियोगिता' छानिएको कला छापिएको थियो ।
सो कार्यक्रम संस्थाका सदस्य श्रीमती सुचिता तुलाधरले सुचारुरुपले संचालन गर्नु भएको थियो । सो अवसरमा बौद्ध शिक्षा दिनेखालका कला तथा झण्डाहरुले हल सजाइएको थियो भने विभिन्न सामाग्रिहरु प्नि प्रदर्शन तथा आगन्तुकहरुको प्रदर्शण गरिएको थियो ।
![]() |
![]() |
News Source: Lumbini Nepalese Buddha Dharma Society (UK)
| Sun May 26 @08:30 - Gurkha Cup 2013 |
| Sun Jun 02 @14:00 - Buddha Purnima Celebration |
| Sat Jun 08 @09:00 - Budha Subba Gold Cup 2013 |
| Sat Jun 15 @08:30 - 4th Gurkha VC Cup |