PDA

View Full Version : श्रृजना कविता प्रतियोगिता!



SDC
22nd November 2008, 15:07
श्रृजना कविता प्रतियोगिता! को घोषणा
www.shrijana.com


http://www.shrijana.com/000/wp-content/uploads/2008/09/comp.gif

हुन त कविता भावनाको अभिब्यक्ति हो अनि भावनाको प्रतिस्पर्धा गराउनु मूर्खता हुन जान्छ । तै पनि, लेखनमा जुट्नु भएका साहित्यिक मनहरुलाई प्रेरणा ऊर्जा थप्ने एक मात्रै उद्देश्य साँधेर अनि कविता लेखनका शील्प, अभिब्यक्ति कौशलता, नवीनता एवं मार्मिकता जस्ता केही मापदण्ड तोकेर *श्रृजना कविता प्रतियोगिता! को घोषणा गर्दछौं । श्रृजना डट कमको यस प्रयासमा तपाईंको सहभागिताको सह्राना गरिने छ।

कविता प्रतियोगिताका नियमहरु

१) कविता मिति: जनवरी १ तारीख २००९ सम्ममा आइपुग्नु पर्नेछ ।

२) प्रतियोगीहरुलाई जिताउन साहित्य प्रेमी पाठकहरुले जनवरी ३० सम्म खुल्ला मतदान गर्न पाउनु हुनेछ ।

३) निर्णायक त्रयको तर्फबाट ६०% र साहित्य प्रेमी पाठकहरुको मतदान ४०% को कुल मिलाई जनवरी ३१ को दिन विजयी प्रतियोगी घोषणा गरिने छ ।

४) विजयी प्रतियोगीलाई निर्णायकत्रय द्वारा हस्ताक्षरित प्रशंसा पत्रका साथै निम्न नगद नेपाली रु समेत प्रदान गरिने छ :

प्रथम पुरस्कार -१० हजार
द्वितीय पुरस्कार -५ हजार
तृतीय पुरस्कार -३ हजार
सान्त्वना पुरस्कार -१ हजार (दुई जना लाई )

५) प्रतियोगी कविता comp@shrijana.com इ-मेलमा पठाउनुका साथै आफ्नो नाम, ठेगाना, संपर्क फोन नम्बर सहित एक प्रति फोटो अनिवार्य संग्लग्न गर्नुहोला ।

आयोजक:
श्रृजना डट कम

www.shrijana.com