PDA

View Full Version : hey all students,pls try to apply in www.boots.com for temporary sales job



england_hotmale
1st December 2009, 18:16
;D,, All nepalese student, pls try to apply online for sales assistant specially for students

www.boots.com

bkom
2nd December 2009, 09:22
लन्डन, २०६६ मंसिर १७ - पाकिस्तानीद्वारा सञ्चालित लन्डनस्थित एक कलेज बन्द भएपछि त्यसमा अध्ययनरत करिब सय नेपाली विद्यार्थी बिचल्लीमा परेका छन् । कानुन उल्लंघन गरेको भन्दै 'सेकोस लन्डन कलेज' मा होम अफिसले ताला लगाइदिएपछि अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । यो कलेज सन् १९९८ मा स्थापना गरिएको थियो ।

बिचल्लीमा परेका विद्यार्थीहरू अर्को कलेज खोज्ने पिरलोले चिन्तित मात्र छैनन्, नयाँ कलेज भर्ना हुन फेरि भारी रकम (३ देखि ५ हजार पाउन्डसम्म) जुटाउनुपर्ने समस्याले विक्षिप्त छन् ।

'के गर्ने, कसो गर्ने, मैले त सोच्नै सकेको छैन,' कलेजमा 'ओटीएचएम डिप्लोमा' पढ्न सेप्टेम्बर १७ मा बेलायत आएकी अनुष्का (नाम परिवर्तन) ले भनिन्, 'सुरुमा कलेज व्यवस्थापनले समस्या हाम्रो हो, छिट्टै मिलाउँछौं भनेर आशा देखाइरह्यो तर अन्तिममा कलेजमा ताला नै लागेपछि हामी बिचल्लीमा पर्*यौं ।' यूके बोर्डर एजेन्सी पदाधिकारीले अघिल्लो साता कलेजमा ताला लगाइसकेपछि 'विद्यार्थीलाई ६० दिनभित्र अर्को विकल्प खोज्न सुझाव दिँदै' सूचना टाँसेको उनले जनाइन् ।

नेपालमा वाषिर्क कलेज शुल्कबापत २५ सय पाउन्ड र बेलायत आइसकेपछि रजिस्ट्रेसन र परीक्षा शुल्क भनी थप २ सय ४० पाउन्ड तिरिसकेकी उनलाई अब बुझाएको रकम फिर्ता होला भन्ने आशा मरेको छ । 'कलेज ताला लागेपछि अब कसलाई कहाँ गएर समात्ने,' उनको दुःखेसो छ, 'काम अझै पाएको छैन, नेपालबाट ल्याएको दुई हजार डलरको ट्राभल चेक सकिएपछि थप २ सय पाउन्ड मगाइसकें, स्थिति दयनीय छ ।'

उनको अगस्ट पहिलो सातामै भिसा लागेको थियो । तर दुर्भाग्य, अगस्ट अन्तिम साता कलेज 'सस्पेन्ड' भयो भन्ने खबर आए पनि उनी यूके आइन् समस्या सुल्झिने आसमा । भन्छिन्, 'परिस्थितिले अहिले खान मन लाग्दैन, निद्रा लाग्दैन । यतिसम्म कि कहिलेकाहीं त दिमागले नै काम गर्न छोडे जस्तो लाग्छ ।'

होम अफिसले लाइसेन्स लिँदा गरेका सर्तहरू पूरा नगरे कलेजको 'स्पोन्सरसिप लाइसेन्स' खारेजी गरिदिन सक्छ । मापदण्डविपरीत कोटाभन्दा बढी विद्यार्थी झिकाएको, कलेजमा गैरकानुनी बसिरहेका शिक्षक राखेको, कक्षाकोठा र भौतिक पूर्वाधार अपर्याप्त, कर छलेको आदि कारण दर्शाउँदै होम अफिसले सो कलेज अगस्ट मध्यसाता नै निलम्बन (सस्पेन्ड) गरिदिएको विद्यार्थीको भनाइ छ ।

कलेजका पि्रन्सिपल एम इस्फाकले विद्यार्थीको आक्रोश शान्त बनाउन सेप्टेम्बर एक तारिखमा आफ्नो कलेज 'यूकेबीए टायर फोर रजिस्टर' बाट सस्पेन्ड भएको जनाउँदै यो समस्या जतिसक्दो छिटो समाधान गर्न आफूहरू तल्लीन रहेको सूचना टाँसेका थिए ।

तर यतिका समय दिँदा पनि कलेजले आवश्यक मापदण्ड पूरा गर्न नसकेपछि होम अफिस पदाधिकारीले गत साता कलेजमा ताला लगाइदिएको विद्यार्थीले बताएका छन् । अहिले पैसा फिर्ता माग्न कलेज पुगेका विद्यार्थीलाई व्यवस्थापनले भित्र प्रवेश गर्नसमेत नदिएको एक विद्यार्थीले बताए ।

बुझाइसकेका डिना शाक्य र कल्पना आचार्य पनि अहिले चिन्तित छन् । कलेज बन्द भएपछि यी दुईको उच्च शिक्षा लिने सपना त तुहियो नै, बुझाइसकेको त्यो बिघ्न रकम अब कसरी उठाउने भन्ने पिरलो पनि छ ।

डिनाका बुवा राजकुमार शाक्यले कान्तिपुरसँग भने, 'म अहिले पैसा फिर्ता माग्न कलेजतिरै जाँदैछु, दिने हो वा होइन टुंगो छैन ।' शाक्यले कलेज व्यवस्थापनले 'निलम्बन' लगत्तै बन्द हुने स्थिति आइपरे अन्यत्र कलेज स्थानान्तरण गरिदिन्छु भन्ने आश्वासन दिए पनि अहिले त्यो नगरिदिएको बताउँदै भने, 'अब विद्यार्थीलाई अर्को कलेजमा अध्ययनका लागि पहल गर्न एनआरएन यूकेसँग पनि अनुरोध गर्ने र अभिभावकहरूलाई नेपालको कन्सल्टेन्सीमा सम्पर्क गरी बुझाएको शुल्क फिर्ताका लागि दबाब दिन लगाउने सोचेका छौं ।' कलेज एकपटक 'सस्पेन्ड' भइसकेपछि पूर्ववत रूपमा फर्किएला भन्ने विश्वास नगर्न पनि शाक्यले अन्य विद्यार्थीलाई सुझाए ।

त्यहाँ अध्ययनरतमध्ये करिब २० नेपाली विद्यार्थी आफ्ना पीडा लिएर सोमबार अपराह्न नेपाली दूतावासको शरणमा समेत पुगे । तर त्यहाँबाट राम्रो रेस्पोन्स नआएको उनीहरूको गुनासो छ । 'कार्यवाहक राजदूत झवीन्द्रप्रसाद अर्याल नेपाल रहेछन्, एट्याची खिमानन्द भुसालसँग आफ्ना गुनासा राखेपछि उनले तपाईंहरूका कुरा सीधै बेलायत सरकार वा बोर्डर एजेन्सीसँग राख्न हामीलाई अप्ठेरो छ । बरु, नेपालको परराष्ट्र मन्त्रालयमा पुर्*याइदिन्छौं सम्म भने,' दूतावास पुगेका एक विद्यार्थीले भने, 'लञ्चमा रहेका कर्मचारीलाई डेढ घन्टा कुरेर समस्या प्रस्तुत त गर्*यौं तर समाधान भेटिएन ।' यो प्रक्रिया अलिक लामो हुने भएकाले बरु आफैंले सोलिसिटर खोजेर अघि बढ्न सुझाव दिएको विद्यार्थीले बताएका छन् ।

सोलिसिटर राजु थापा शैक्षिक संस्था वा कलेजहरूले अध्यागमन नीति पालना नगरे यूके बोर्डर एजेन्सीले त्यस्ता कलेजको ग्रेड घटाइदिने, सस्पेन्ड -निलम्बन) गरिदिने वा बन्दै गराउन सक्ने बताउँदै भन्छन्, 'कलेज वा शैक्षिक संस्था बन्द भएको अवस्थामा ६० दिनभित्र नयाँ आवेदन दिनुपर्नेछ । पुनः आवेदन गर्न आवश्यक 'मेन्टेनेन्स फन्ड' पनि आफ्नो बैंकमा भएको पुष्टि गर्नुपर्छ ।'

थापाले कुनै पनि विद्यार्थीले ५ अक्टोबर २००९ पश्चात शैक्षिक संस्था परिवर्तन गर्न चाहेमा यूके बोर्डर एजेन्सीमा नयाँ आवेदन दिनुपर्ने बाध्यात्मक अवस्था रहेको जनाए । उनले विद्यार्थीहरूलाई उक्त आवेदन दिए पनि यूके बोर्डर एजेन्सीले निर्णय नगरेसम्म नयाँ शैक्षिक संस्थामा अध्ययन नगर्न सुझाव दिएका छन् । 'कुनै पनि विद्यार्थीले यूके बोर्डर एजेन्सीमा नयाँ आवेदन नदिएको र आवेदन दिए पनि यूके बोर्डर एजेन्सीले निर्णय नगरेको अवस्थामा नयाँ शैक्षिक संस्थामा अध्ययन गरेको पाइए नागरिकता र अध्यागमन ऐन, २००९ को दफा ५० अन्तर्गत फौजदारी अपराधका रूपमा लिई विद्यार्थीलाई अधिकतम ६ महिनासम्मको सजाय हुनेछ वा राज्यले बेलायतबाटै निकाला गर्न सक्नेछ,' थापाले भने ।

महँगो शुल्क बुझाएर यूके आइसकेपछि पनि कलेजहरूले आफूहरूलाई राम्रो व्यवहार नगरेको आरोप विद्यार्थीको छ । एनआरएन यूकेको एउटा कार्यक्रममा विद्यार्थीले एयरपोर्टदेखि नै ठगी सुरु भएको, कलेजहरूले विद्यार्थीसँग सर्त गरेबमोजिम उचित समयमा बासस्थानको बन्दोबस्त गर्न नसकेको, विद्यार्थीले हप्तौं दिनसम्म भर्नाका लागि कलेज धाउनुपरेको, सानो कक्षाकोठामा धेरै विद्यार्थी राखी पढाउन थालिएको, कलेजमा सुलभ र उपयुक्त पुस्तकालय व्यवस्था नभएको, पठनपाठन राम्रो नभएको, सानो कोठामा महँगो भाडा तिर्नुपरेको, जागिर पाउन नसकिरहेको अवस्थामा सानातिना जागिर पाए पनि सरकारी न्यूनतम तलबदरभन्दा कममा काम गर्नुपरेको लगायत समस्याले आफूहरू आर्थिक र मानसिक रूपबाट विक्षिप्त भएको गुनासो राखेका थिए

Report to moderator 188

knight
2nd December 2009, 17:59
त्यहाँ अध्ययनरतमध्ये करिब २० नेपाली विद्यार्थी आफ्ना पीडा लिएर सोमबार अपराह्न नेपाली दूतावासको शरणमा समेत पुगे । तर त्यहाँबाट राम्रो रेस्पोन्स नआएको उनीहरूको गुनासो छ ।


------------------------------------------------------------------------------------------

asti nrn ko meeting ma ta khub khokdai thiyo ta sap le. Now it is time for some action when nepali student really needs them. Nabhe tyo NRN ko meeting kebal khokai matra hunecha.