PDA

View Full Version : nepali shot dead in USA



suraj
26th December 2009, 20:09
अमेरिकाको बोस्टनस्थित जमैका प्लेन भन्ने ठाउँमा आज शनिबार दिउँसो करिब ३ बजे एक अपराधिको गोलीबाट नेपाल साँखु घर भएका सुरेन्द्र डंगोल, वर्ष ४० को मृत्यु भएको छ ।

स्थानीय टेडेस्की नामक फूड स्टोरमा कार्यरत डंगोललाई अपराधीले छातीमा गोली हानेको थियो ।

अपराधीले डंगोलले काम गर्ने स्टोरको क्यास रजिस्टरबाट पैसा लुटेको छन् ।

पाकिस्थानीमूलका व्यक्तिद्धारा संचालित उक्त स्टोरमा डंगोल गत सातादेखि मात्र काम शुरु गरेको कुरा बोस्टनबाट मिलन कार्कीले नेपाली पोष्टलाई जानकारी गराउनुभएको छ ।

डंगोलको शबलाई हाल अनुसन्धानका लागि स्थानीय ब्रिङहाममा महिला अस्पतालमा राखिएको र अनुसन्धान प्रक्रिया पूरा गर्न झै तीन दिन लाग्ने स्थानीय प्रहरीले जनाएको छ ।

यसअघि हाइट पार्कमा सोही कम्पनी अन्तर्गतको फूड स्टोरमा काम गर्दै आएका डंगोल विगत तीन वर्षदेखि अमेरिकाको बोस्टनमै बसोबास गर्दै आएका थिए ।

गत दशैंमा मात्र नेपाल पुगेर दशैं मनाएर आएका डंगोलका श्रीमती र एक ९ वर्षकी छोरी हाल काठमाडौंस्थित बालाजुमा रहँदै आएका र परिवार पनि अमेरिका आउने प्रक्रियामा रहेको थाहा भएको छ ।

स्थानीय प्रहरीले अपराधीको पहिचानका लागि अनुसन्धान शुरु गरेको छ ।

source:
http://www.nepalipost.com/index/?a=read&catid=15&id=10268