PDA

View Full Version : UPDATE: e-Petition to the UK Government - Feb 2010 Ruling for Foreign Students



nsukadmin
12th March 2010, 23:05
लन्डन । नेपाली विद्यार्थीहरुको विश्वव्यापी संगठन 'वल्र्ड वाइड नेपलिज स्टुडेन्ट्स अर्गनाइजेशन' ले बेलायत सरकारले गत १० फेब्रुअरीमा सार्वजनिक गरेको 'कठोर' नियम विरुद्ध शुरु गरेको हस्ताक्षर अभियानमा सघाउन बेलायतमा बसोबास गर्ने सबै गैरआवासीय नेपालीहरु तथा संघसंस्थाका प्रतिनिधिहरुलाई हार्दिक आह्वान गरेको छ।
WNSO द्वारा हालै ब्रिटिश प्रधानमन्त्रीको आधिकारिक वेवसाइटमा शुरु गरिएको इ-पिटिशनमा मंगलबारसम्ममा झण्डै ३४० जनाले समर्थन जनाउंदै हस्ताक्षर गरिसकेका छन्।
http://petitions.number10.gov.uk/overseas-student मा गएर आफ्नो नाम, ठेगाना र ईमेल टाईप गरेर यो अभियानमा साथ दिन सो संस्थाले सबैलाई हार्दिक आह्वान गरेको छ।

ईपिटिशनमा हस्ताक्षर गर्नेहरुको संख्या पांचसय पुग्नासाथै ब्रिटिश प्रधानमन्त्रीको कार्यालयले आधिकारिक प्रतिकृया दिनुपर्ने हुन्छ। त्यसैले यथाशिघ्र बेलायतमा बसोबास गर्नुहुने सबै गोर्खा दाजुभाइ दिदीबहिनीहरु, विभिन्न पेशामा संलग्न महानुभावहरु तथा विद्यार्थीहरुलाई हामी जतिसक्दो चांडो हस्ताक्षर गरी यस अभियानमा सघाउन हामी हार्दिक आग्रह गर्दछौ, का उपाध्यक्ष सचिन श्रेष्ठले भने।

श्रेष्ठले हस्ताक्षर गर्नेहरुको व्यक्तिगत विवरण गोप्य राखिने भएकाले विद्यार्थीलगायत जो कोहीले पनि हस्ताक्षर गर्न कुनै किसिमको धक मान्नु नपर्ने बताए।
WNSO ले अहिलेसम्म हस्ताक्षर गरेर तथा अन्य किसिमले सो अभियानमा सघाउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन पनि गरेको छ।

'विदेशी विद्यार्थीले बेलायतको अर्थतन्त्रमा वाषिर्क ५ अरब पाउण्ड योगदान गरिरहेको कुरा सर्वविदितै छ । तर, युके वोर्डर एजेन्सीले नयाँ नियम लादेर त्यो योगदानको कदर गरेन'-पिटिशनमा उल्लेख छ ।
संस्थाले सबै विदेशी विद्यार्थीलाई साताको २० घण्टा र डिपेन्डेन्टलाई पुरा समय काम गर्न पाउने अधिकार प्रत्यायोजन गर्न पनि ध्यानाकर्षण गरेको छ । 'स्पोन्सरसीप लाइसेन्स' खारेज भएका वा निलम्बित कलेजका विद्यार्थीलाई थप आर्थिकभार विना अन्यत्र जाने व्यवस्था गरिदिएर उनीहरुलाई पढ्न, काम गर्न र जिउन सहज वातावरण बनाउन पनि संस्थाको आग्रह छ । इ-पिटिशनको अन्तिम समयसीमा आगामी ९ जुन सम्म छ । तर, संस्थाले संसदीय चुनाव हुनुअघि अपि्रल २०१० अन्त्यसम्म ५ सय हस्ताक्षर पुर्�याउने लक्ष्य लिएको छ ।

थप जानकारीका लागि सम्पर्क
सचिन श्रेष्ठ info@wnso.org or shrestha.sachin@yahoo.co.uk
भोजराज बराल sagar_baral@hotmail.com