...................jaya nepal...................................TASMAC COLLEGE CLOSED


टाट पल्टिएको घोषणा गर्दै बन्द गरिएको बेलायतस्थित तस्माक लन्डन स्कुल अफ कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता दिने कि घर र्फकने भन्ने अन्योलमा परेका छन् । बिहीबार एक्कासि कलेज बन्द भएपछि साढे ३ सय भन्दा बढी नेपाली विद्यार्थी अलपत्र परेका हुन् । उनीहरुले अध्ययनका लागि बुझाएको २ अर्ब रुपैयाँ भन्दा बढी रक डुबेको छ । उक्त कजेलमा नेपालीसहित ६ सय ५० विद्यार्थी पढ्थे । बेलायतको बोर्डर एजेन्सीको नियमअनुसार टाट पल्टिएर बन्द भएका कलेजका विद्यार्थीले ६० दिनभित्र नयाँ विकल्प खोज्नुपर्छ ।

यसका लागि विद्यार्थीले नयाँ प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । उनीहरुले भाषा परीक्षका अतिरिक्त नयाँ भिसा लिनुपर्छ र बैंक ब्यालेन्स पनि देखाउनु पर्छ । एमबिएस अध्यनका लागि एक वर्षअघि तस्काम कलेजमा भर्ना भएका जनकपुरका प्रमोद ठाकुरले सबै विद्यार्थीले खर्च धान्न सक्ने अवस्था नभएको बताए । नेपाली विद्यार्थीले उक्त कलेजमा अध्ययन गर्न ८ देखि ११ लाखसम्म शैक्षिक शुल्क बुझाएका थिए । अध्ययनका लागि लण्डन आउनमात्र मेरो परिवारले १२ लाख रुपैयाँ खर्च गेरको छ। ठाकुरले भने,घरबाट अझै रकम मागेर पढ्ने अवस्था छैन


FEEL SORRY FOR THOSE STUDENTS WHO R STUDYING OVER THERE


PROUD 2B PAKHE(ENGLAND_HOTMALE)