हरि ः हेर श्याम, म हरेक किसिमको अस्पतालमा भर्ना भइसकेँ, अब कुनै किसिमको अस्पताल पनि बाँकी छैन ।
श्याम ः अनि तँ प्रसुति अस्पतालमा त भर्ना भएको छैनस् नि !
हरि ः किन नहुने नि, म जन्मेकै त्यहीँ हो ।


*******


शिक्षकः हरि ल भन त, यदि तिम्रो बाबुले ५०० रुपैयाँ ऋण लिए भने २० प्रतिशतको दरले एक वर्षमा कति रकम ब्याज बुझाउँछन् ?
हरि ः एक पैसा पनि बुझाउँदैनन् सर !
शिक्षक ः हरि तिमी त गणित जान्दैनौँ रैछौ ।
हरि ः हैन सर ! तपाईले मेरो बाबुलाई जान्नु हुन्न रैछ ।


*******

हरि ः स्वामीजी, मलाई मेरो पत्नीले सारै हैरान गर्छिन्, लौ न उपाय बताइदिनुस् !
साधु ः हेर बाबु, उपाय जानेको भए म किन साधु बन्थेँ ।

****************************************
संकलन ः प्रगति पाण्डे
(साभार ः नेपाली सन्देश साप्ताहिक)
(copyright authorised to nepalisamajuk.com)