Page 2 of 4 FirstFirst 1234 LastLast
Results 11 to 20 of 35

Thread: Who will win nrn elction 2013 ?

  1. #11
    Senior Member
    Join Date
    Oct 2008
    Posts
    520
    NRN ... waste of time.
    ---
    Save Amar Bahadur Bam

  2. #12
    Member
    Join Date
    May 2010
    Location
    Scotland
    Posts
    61
    के हो एनआरएन युकेको विवाद
    गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन प्रकृयालाई कार्यसमितिकै उपाध्यक्ष महेन्द्र कंडेल र राजन कंडेलले धज्जी उडाउने प्रयास गरे पछि उनीहरुलाई अनुसाशनको कार्यावाही गर्नु पर्ने आवाज उठेको छ । गत शनिवार ७,५०० जना सदस्यता गाडीमा राखेर रेडिङ्ग स्थित निर्वाचनको कार्यालयमा पुगेका कंडेल भाईहरुले एनआरएन बेलायतको गरिमा धमिल्याउने प्रयास गरेका छन् ।
    निर्वाचन समितिले तोकेको समय २ बजे सम्म थियो । कंडेल समुह १२ बजे नै रेडिङ्ग पुगेको थियो । त्यहा पुग्दा अर्का प्रत्यासी योगन क्षेत्रीको पक्षमा चुनावी महोल देखेर उनीहरुको ओठ तालु सुकेको थिए । चुनाव हार्ने पक्का भए पछि अब कसरी उम्कने भन्ने दाउमा रहेका राजन कंडेल निर्वाचन कार्यालयमा भित्र छिरेर अर्का प्रत्यासी क्षेत्रीले दर्ता गरेका सदस्यताको चाङ्ग देखे पछि निर्वाचन समितिका सदस्य डमर घलेसंग जहारी खेलेका थिए । संस्थाका महासचिवका हैसियतले निर्वाचन समितिलाई सहयोग पुराउन बसेका रामशरण सिमखडालाई समेत चुनाव हार्ने भए पछि अपमान गर्ने प्रयास गरेका थिए । २ बजे सम्म समय दिएकोमा कंडेल ब्रर्दशहरुले १०,१० मिनेट मा भित्र गएर क्षेत्रीले दर्ता गरेका फारम गन्ने गरेको बुझिएको छ । १.४५ बजे सम्म उनीहरुले चुनाव हार्ने आकलन गरे पछि निर्वाचन समितिका सदस्य थप्नु पर्ने भन्दै कराउन थालेका थिए । स्मरणीय रहोस निर्वाचन समितिका अधिकांस सदस्यहरु कंडेलकै प्रस्तावमा चयन भएका थिए । उनीहरुले आफ्ना पक्षका २ जना ब्यक्तिलाई थपप्न माग गर्दै आएका थिए । उम्मेदवारले आफैले तोकेका निर्वाचन आयुक्त राखेर चुनावको माग गर्नुलाई बेलायत स्थित बुद्धिजीबीले हास्यपद भनेका छन । कही नभएको जात्रा हाडी गांउमा भने जस्तै उम्मेदाबार आफैले निर्वाचन आयुक्त तोक्ने यो कस्तो चुनावको माग हुदैछ एक बुद्धिजीबीले प्रश्न गरेका छन । उनले भने चुनावनै नभै कसरी धाधली भयो यो हरुवा गोरुको दाउ जस्तै हो । कंडेलहरुले ७,५०० सदस्यता भएको दावी गरे पनि उनीसंग ३५०० सदस्य फारम लिएर रेडिङ्ग गएको उनका निकट ब्यक्तिले बताउछन । बाकी अर्का अध्यक्षमा उम्मेदवार हुने भनिएका सुर्य नेग्वाङ्गले लगेका थिए । नेग्वाग सaमूहले फारम लिएर गए पनि सदस्यता शुल्क भने लिएर गएको थिएनन । उनीहरुको सदस्यताको पैसा करिब २० हजार पाउण्ड कंडेलले हाल्नु पर्ने , उपाध्यक्ष, महासचि र ३ जना आइसीसी सदस्य पाउनु पर्ने माग नेग्वाङ्ग समुहले गरे पछि कंडेलहरु छाग्गाबाट खसे जस्तो भएर निर्वाचन बहिष्कार गर्ने सोचमा पुगेका थिए । चुनाव हारिने र करिब ७० हजार पाउण्ड डुब्ने पक्का भए पछि निर्वाचन प्रकृयाबाट कंडेल बाहिरीका थिए । म आफै सदस्यता बुझाइ दिन्छु भोट दिनु होला भन्दै सर्वसाधारणबाट उठाएका फारम र पैसा निर्वाचन समितलाई नबुझाए गाडीमा राखेर फोटो देखाउदै कंडेल हिडे पछि बेलायतबासी नेपाली अक्रोसित छन । सर्वसाधारणबाट सदस्यताबाट उठेको लाखौं रुपैया समेत कुम्ल्यान कंडेल समूह लगेको आसंका गरिएको छ । बिमल क्षेत्री
    Last edited by nepsUK; 25th August 2013 at 18:06.

  3. #13
    Junior Member
    Join Date
    Mar 2013
    Posts
    20
    I heard a Yogendra Chetri from NRN deceive old gurkhas soldier and people by giving them free of charge NRN membership to all naive Gurkhas people in ALdersot,Wembley area................so that he can win...............**** off what .................a politics.................we came to UK for work.............not to do a policitic.......................suck my **** you all NRN...................

  4. #14
    Junior Member
    Join Date
    Mar 2013
    Posts
    20
    We don't want our Nepali community divided by this fcuking NRN.............................

  5. #15
    Senior Member
    Join Date
    Jun 2008
    Posts
    1,460
    .....................suva prabhat.............

    Let me offer all NRN CANDIDATE.............I can guarantee you 40 votes If u offer me to pay EACH 20 .
    The money which you provide to us will go to one CLUB WHICH WILL BENEFIT ALL PLAYERS TO GET ENTRY IN FOOTBALL TOURNAMENTS IN FUTURE...........

    ................RAJNITI MA DHADHALI JASLE GARCHA USLE JITCHA...........

    .NRN UK politics =Corruption of champions will win the election.... and let me give u free advice.. Don;t break the law but bend the law.. .. If u need help. Pls donot hesitate to Buzz me


    PROUD 2B PAKHE

  6. #16
    Senior Member
    Join Date
    Oct 2008
    Posts
    520
    NRN ... waste of time. Get a real job.
    ---
    Save Amar Bahadur Bam

  7. #17
    Member
    Join Date
    May 2010
    Location
    Scotland
    Posts
    61
    एनआरएन यूके
    नागरिक समाजको अपिल

    आदरणीय प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति तथा एनआरएनए यूके राष्ट्रिय समिति/परिषदका पदाधिकारी तथा सदस्यज्यूहरु,

    एनआरएनए राष्ट्रिय समितिको निर्वाचनको सिलसिलामा विभिन्न मुलुकमा अस्वस्थ गतिविधि भईरहेको कुराहरु विभिन्न सञ्चारमाध्यमबाट जानकारीमा आईरहेका छन् । बेलायतमा पनि राष्ट्रिय समितिको निर्वाचनको सिलसिलामा अत्यन्त चर्को विवाद सिर्जना भएको छ । परिणामस्वरुप समानान्तर दुईवोटा कार्यसमिति समेत निर्विरोध निर्वाचित भइसकेको घोषणा भइसकेको छ र १५ सेप्टेम्बरको दिनमा नै दुईतिर महाधिवेशनसमेत हुन गईरहेको छ । अहिले जुन खालको विवाद र फुटको अप्रिय स्थिति देखापरेको छ यसले विश्वव्यापीरुपमा नै एनआरएन आन्दोलन प्रभावित हुन जाने कुरामा कुनै शंका छैन । समानान्तर संगठन बन्नु वा घोषितरुपमा संगठन विभाजन हुनुले एनआरएन आन्दोलनलाई फाइदा पुग्दैन भन्ने हाम्रो ठहर रहेको छ ।

    अहिले निर्वाचनको सिलसिलामा जुन विसंगती तथा विवादहरु देखा परेका छन्, यो सबै रातारात विकास भएका घटनाक्रमहरु होइनन् । अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समितिले लिएको असामयिक नीति तथा कार्यशैली, संगठनलाई आफ्नो स्वार्थमा उपयोग गर्ने गलत सोच, गैर समावेशी चरित्र, काम भन्दा नामको लागि पद हत्याउन जस्तोसुकै निम्नस्तरको कृयाकलाप गर्न तयार हुने प्रवृत्ति, संगठनलाई आम गैरआवासीय नेपालीको माझमा पु-याउनुको सट्टा सिमित व्यक्ति, समुदाय वा एलिट वर्गमा केन्द्रित गर्ने परिपाटी आदिजस्ता कुराले अहिलेको यो विस्फोटक स्थिति सिर्जना भएको हो भन्ने हामीले ठानेका छौँ ।

    स्थापना भएको १० वर्ष पुग्दा पनि संगठन दर्ता गर्न नसक्नुलाई सामान्य असफलता मात्र भन्न सकिन्न । संस्थाले आम गैरआवासीय नेपालीहरुको लागि नेपालमा लगानीमैत्री वातावरण बनाउन नेपाल सरकारसँग नीतिगत सुधारको लागि पहल गर्नु पर्नेमा त्यसो नगरी सिङ्गो संगठनलाई परिचालन गरेर संगठनकै पहलमा कम्पनी दर्ता हुनु, रकम संकलन गर्न अभियान नै सञ्चालन गर्नु जस्ता कुराहरुलाई सिद्धान्ततः सही मान्न सकिन्न । एनआरएनए विसुद्ध गैर व्यापारिक र गैर नाफामुलक संस्था हो भन्ने कुरा यसका जिम्मेवार व्यक्तिहरुले याद गरेनन् वा याद गर्न चाहेनन् । यसरी संगठन उद्देश्य विमुख हुँदै गएकोले आफ्ना मागहरु पुरा गराउने सवालमा संस्थाको अडान तथा बार्गेनिङ क्षमतामा ह्रास आउन थाल्यो । परिणामस्वरुप संगठन दर्ताजस्तो सामान्य काममा पनि अन्तर्राष्ट्रिय समितिले सफलता पाउन सकेन भने दोहोरो नागरिकताको सवाल त धेरै परको कुरा हुन पुग्यो ।

    प्रत्येक देशको सदस्य संख्याको आधारमा अन्तर्राष्ट्रिय समितिमा प्रतिनिधित्व गर्ने जुन व्यवस्था गरियो, यसले हरेक देशमा विकृति ल्याउने काम गरेको थाहा पाउँदा पाउँदै पनि यसलाई सुधार गर्न नलाग्नुलाई आईसीसीको गंभीर कमजोरीको रुपमा लिनुपर्छ । अन्तर्राष्ट्रिय समितिमा जान चाहनेले आफैले शुल्क तिरेर सदस्य बनाउने कामले आईसीसी र राष्ट्रिय समितिको कोष बलियो भयो होला तर यसले पुरै संगठनलाई कमजोर बनाई दियो । सदस्यको आधारमा नभई नेपालीहरुको बसोबास संख्याको आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था गरेको भए, अहिले जुन अस्वीकार्य गतिविधिको कारण संगठन ठट्टाको पात्र बनेको छ, यस्तो अवस्था आउने थिएन ।

    आइसीसीको निर्वाचनको सिलसिलामा गत विश्व सम्मेलनमा काठमाडौंमा जेजस्ता गलत कृयाकलाप भए, त्यसले सबै गैरआवासीय नेपालीहरुको मानमर्दन भएको छ । संगठनभित्र प्रजातान्त्रिक परिपाटीलाई संस्थागत गर्नु पर्नेमा त्यसो नगरिएको कारण विगतको निर्वाचनमा जुन घटनाहरु भए, त्यसबाट पनि आइसीसीले शिक्षा लिइएको देखिएन । यसपटक पनि आन्तरिक प्रजातान्त्रिक अभ्यासलाई संस्थागत गर्ने कुनै प्रयास भएको देखिएको छैन ।

    यस्तैगरी बेलायतस्थित एनआरएनएमा देखिएको विवाद समाधानमा आइसीसीको अहिलेसम्म सक्रिय भूमिका देखिएको छैन । जुन देशबाट आईसीसीमा उपाध्यक्ष, प्रवक्ता र युरोपको क्षेत्रीय सहसंयोजक जस्ता महत्वपूर्ण प्रतिनिधित्व छ, त्यही देशमा यो अवस्था आउनु दुर्भाग्यको कुरा हो । आवश्यकपर्दा मध्यस्थकर्ता वा निर्णयकर्ताको रुपमा कार्य गर्नु पर्ने आइसीसी प्रवक्तालाई निवार्चन समितिको संयोजक तोक्ने एनआरएनए यूके र सो कार्यको जिम्मेवारी लिन तयार आइसीसी प्रवक्ताको कार्यलाई उचित मान्न सकिन्न ।

    गत निर्वाचनको समयमा नै सदस्यता वितरणको नाममा सदस्यता खरीद गर्ने काम भएको थियो । त्यतिखेर पनि यो गलत प्रवृत्ति भयो र यसलाई सच्याउनु पर्छ भन्ने कुराहरु सशक्त रुपमा उठेका थिए । तर एनआरएनए यूकेको राष्ट्रिय समितिले त्यो निर्वाचनबाट पाठ सिकेर गलत प्रवृतिलाई कसरी हटाउने भन्ने कुरामा कुनै ध्यान दिएन । बोराको सट्टामा एक जनाले १०० जना सदस्यहरुको विवरण सहितको सदस्यता फाराम झोलामा बोक्न पाउने गरियो । यो आफैमा कानून सम्मत थिएन । बोराको सट्टा झोलामा फाराम ल्याउन पाउने कुराले पनि सदस्यता खरिद गर्न पाउने कुरालाई सैद्धान्तिक रुपमा लालमोहर लगाउने काम ग-यो । यसको परिणामस्वरुप एनआरएनए यूके पैसा खर्च गरेमा पद किन्न पाइने बेलायत जस्तो मुलुकको एक्काइसौँ शताव्दीको लज्जास्पद संस्था बन्न पुग्यो ।

    सही पद्धती लागु नगर्ने, लज्जाजनक विकृति फैलाउने, संस्थालाई प्राइभेट लिमिटेड कम्पनी वा क्लब जस्तो ठान्ने, एनआरएनको प्रमुख उद्देश्य परित्याग गरी व्यापारव्यवसायको लागि भ-याङ बनाउने, एनआरएनएको पद कामको लागि भन्दा नामको लागि लिन खोज्ने, गैर आवासीय नेपालीको हितमा गर्न मिल्ने र सकिनेसम्मको अडान नराख्ने तथा बार्गेनिङ पनि नगर्ने, आम प्रवासी नेपालीलाई कसरी एनआरएन अभियानमा सक्रिय बनाउन सकिन्छ भन्ने बारेमा कुनै चासो नराख्ने लगायतका थुप्रै कुराहरुप्रति हामी समस्त एनआरएन यूके नागरिक समाजको तर्फबाट असहमति प्रकट गर्दछौँ । तर, हामी अझै एनआरएन अभियानलाई एकतावद्ध भएर अगाडि बढाउनु पर्छ भन्ने कुरामा दृढ छौ । त्यसैले एनआरएनए आइसीसी र एनआरएनए यूकेले गरिहाल्नु पर्ने केही सुझावहरु तल प्रस्तुत गरेका छौँ ।

    अन्तर्राष्ट्रिय समन्वय परिषदको लागि सुझाव :
    १. विधानको परिभाषा अनुसार गैरआवासीय नेपालीको सक्रिय सहभागिता बढाउनाको लागि सदस्यताको विद्यमान व्यवस्थामा आवश्यक परिवर्तन गरियोस् ।
    २. गैरआवासीय नेपाली मध्ये गोर्खा सैनिकहरु भिन्न ढंगले गैरआवासीय नेपाली बनाइएका हुन् । त्यसैले उनीहरुको आइसीसीमा विशेष प्रतिनिधित्वको व्यवस्था मिलाईयोस् ।
    ३. सदस्य संख्याको आधारमा आइसीसीमा प्रतिनिधित्व गर्ने व्यवस्थाको कारण भित्रिएको विकृतिलाई हटाउन हरेक देशमा रहेका नेपालीहरुको अनुमानित संख्याको आधारमा प्रतिनिधि संख्या कायम गरियोस् ।
    ४. संस्थामा प्रजातान्त्रिक अभ्यास कसरी संस्थागत गर्न सकिन्छ, त्यसको लागि ठोस कदम अविलम्व चालियोस् ।
    ५. नेपाल सरकारले मागेर दोहोरो नागरिकता दिनेवाला छैन । त्यसैले यो संघर्ष गरेर लिनु पर्छ भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ । त्यसैले संगठनलाई कुटनीतिक मात्र होइन संघर्षशील पनि बनाउने नीति तथा कार्यक्रम तय गरियोस् ।
    ६. संस्थाको हरहिसाब प्रत्येक वर्ष रजिस्टर्ड लेखापरिक्षकबाट लेखापरिक्षण गराइयोस् । साथै आम्दानी खर्चको वृस्तित विवरण वेभसाइट मार्फत पारदर्शी बनाइयोस् ।
    ७. विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिहरुमा आम गैर आवासीय नेपालीहरुको सहभागिता रहोस् भन्नाको लागि काउन्सिल अवधारणालाई अगाडि बढाइयोस् ।
    ८. संस्थाको पहलमा व्यापारिक प्रतिष्ठान बनाउने वा पूँजी संकलन गर्ने कार्यलाई दुरुत्साहित गरियोस् । लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा मात्र संस्थालाई सिमित राखियोस् ।

    एनआरएनए यूकेको लागि सुझाव :
    १. विधानको परिभाषाले समेटिने सबै बेलायतवासी नेपालीहरु स्वतः सदस्य हुने मताधिकार लगायतको अधिकार प्राप्त गर्ने व्यवस्था गरियोस् ।
    २. हुलाक मतदानको व्यवस्था खारेज गरी बेलायतभरि बढी भन्दा बढी ठाउँमा मतदान केन्द्र राखी गैर आवासीय नेपालीको परिभाषाभित्र पर्ने प्रमाण तथा परिचय पत्र देखाएर प्रत्यक्ष उपस्थितिमा मतदान गर्ने व्यवस्था गरियोस् ।
    ३. एनआरएनए यूकेको विद्यमान सांगठानिक स्वरुपले ल्याएको विकृतिलाई रोक्न तथा संघको लक्ष्य र उद्देश्यको मूलप्रवाहलाई आत्मासात गरी यूकेमा स्थापित भई सकृयरुपमा सञ्चालन भइरहेका नेपाली संघसंगठनहरुको साझा प्रतिनिधित्वमूलक नेतृत्यदायी छाता संगठनको रुपमा एनआरएनए यूकेलाई स्थापित गरी काउन्सिलको अवधारणालाई लागु गरियोस् ।
    ४. सम्पूर्ण आम्दानी तथा खर्चको वृस्तित विवरण वेबसाइटमा राखी हिसाब किताब पारदर्शी गरियोस् तथा रजिष्टर्ड लेखापरिक्षकद्वारा लेखापरिक्षण गर्ने व्यवस्था गरियोस् ।
    ५. केही संभ्रान्त, धनिमानी तथा एलिट समुदायले मात्र आफ्नो वर्चश्व कायम राख्ने गरी संस्था संचालन भईरहेकोले, यो गलत कार्यलाई निरुत्साहित गर्दै संस्थालाई समतामूलक, समावेशी र प्रतिनिधिमूलक बनाई आम बेलायतवासी नेपालीको सुखदुःखको साथी बन्न सक्ने अवस्था सिर्जना गरियोस् ।

    आशा छ, एनआरएन यूके नागरिक समाजको तर्फबाट हामीले राखेको यी सुझाबहरुलाई एनआरएनए आईसीसी तथा एनआएनए यूकेले गंभीरता पूर्वक लिएर संगठनलाई एकतावद्ध बनाउन समयमा नै ठोस कदम चाल्ने छ । सदासयतापूर्वक आएका हाम्रा यी सुझावहरुलाई पूर्वाग्रह राखी एनआरएन आभियान उही असफल भईसकेको नीतिगत प्रस्थापना र सांगठानिक संरचनामा अगाडि बढाउनेतर्फ वर्तमान एनआरएन नेतृत्व उद्यत रहेमा एनआरएन अभियानलाई सही दिशामा हिँडाउन असम्भव प्रायः छ । तसर्थ यस अभियानमा सहभागी सक्रिय सदस्यहरु, शुभचिन्तकहरु एवं नागरिक समाजमा वितृष्णा आउनु अगावै यसलाई गंभिरताकासाथ लिई तत्काल उपयुक्त कदम चाल्नु हुन सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछौँ ।

    अपिलकर्ताहरु

    १. डा. राघव धिताल, OBE, लण्डन
    २. खगेन्द्र नेपाली, लण्डन
    ३. बी के पाण्डे, पिटरबरो
    ४. शीवजी श्रेष्ठ, काडिर्फ
    ५. सिरीप्रसाद लिम्बू, आश्फोर्ड
    ६. चिरन्जीवी ढकाल, लण्डन
    ७. आङकल्जंग लामा, लण्डन
    ८. चण्डिराज राई, फक्स्टन
    ९. विश्वासदीप तिगेला, फक्स्टन
    १०. सुरेशजंग शाह, लण्डन
    ११. उमेश मोक्तान, लण्डन
    १२. नरेश काङमाङ राई, ह्यारो
    १३. बिनोद मोक्तान, लण्डन
    १४. शशी थापा सुब्बा, लण्डन
    १५. जंग सुनुवार, फार्नबरो
    १६. सुबासिं गुरुङ, लण्डन
    १७. अर्क तिमिल्सिना, प्लमस्टिड
    १८. शंकर दाहाल, लण्डन
    १९. टीका लिम्बू, स्कटल्याण्ड
    २०. प्रसाद थेवे, लण्डन
    २१. नरेन्द्र इदिंगो, वेल्स
    २२. बद्री योंग्या, वेल्स
    २३. लेखनाथ पाण्डे, प्लमस्टिड
    २४. डम्बर लिम्बू, प्लमस्टिड
    २५. श्रीमती धनसरी राई, स्याण्डहस्र्ट
    २६. भोला खनाल, लण्डन
    २७. दीपक शेरचन, प्लमस्टिड
    २८. महेश अधिकारी, पिटरबरो
    २९. गोविन्द बेलबासे, पिटरबरो
    ३०. पवन शर्मा, पिटरबरो
    ३१. गजेन्द्र मादेन, मेडस्टोन
    ३२. वाचस्पति रेग्मी, क्याम्बर्ली
    ३३. होम सुनुवार, फार्नबरो
    ३४. किरण राई, आश्फोर्ड
    ३५. डा. चन्द्र लक्सम्बा, क्याम्बर्ली

    मिति : १० सेप्टेम्बर २०१३
    source:
    - chandra laksamba
    http://www.cnsuk.org.uk/?option=memb...0k.%20laksamba

  8. #18
    Member
    Join Date
    May 2010
    Location
    Scotland
    Posts
    61
    "लेख उच्छ स्तरको छ सबैले यो लेख पढनु जरुर छ बिशेष गरी लेखको आठौ बुदाको अन्त्त्यमा समेटिएको शब्द मनन गर्न जरुर छ । ***(यसको परिणामस्वरुप एनआरएनए यूके पैसा खर्च गरेमा पद किन्न पाइने बेलायत जस्तो मुलुकको एक्काइसौँ शताव्दीको लज्जास्पद संस्था बन्न पुग्यो)***

  9. #19
    Senior Member
    Join Date
    Jun 2008
    Posts
    1,460
    Ma ta hajur pakhe manche ... 15th September .... Plumstead ma Kandel NRN ......greenford tira ...yogen NRN........ Hey Bhagwan yo nepalisamaj ...K Bhako hola ...... ....it's same people who r in NRN now were in yeti ..... They destroy yeti image before ..now NRN ...................it's more funny to see in their facebook status .... Each of them pulling each other leg ,.......koi Bhutanese asylum NRN ... Koi nrn ko paisa khayo .........koi car ma 17000 candidate ko NRN form .........I don't understand .... Why these people don't think tht as a British citizen ... Our first responsibility is to contribute to our local council local children centre ..........udghatan-mantri ko lagi .... Maramar.....mora haru .........NRN=NON-RELIABLE NEPALI.......,.lol.........proud 2b pakhe
    Last edited by england_hotmale; 11th September 2013 at 21:35.

  10. #20
    well said england_hotmale: NRN = NON-RELIABLE NEPALI

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •