Page 1 of 3 123 LastLast
Results 1 to 10 of 28

Thread: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

  1. #1
    Junior Member
    Join Date
    Jan 2010
    Posts
    4

    अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त


    अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त .............................
    .

  2. #2
    Junior Member
    Join Date
    Jan 2010
    Posts
    4

    Re: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    please write what happens to Nepali students
    does they have to come back to Nepal.............

  3. #3

    Re: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    Students ko k huncha?? Tyo ta aba students haru le nai reply garna sakcha.
    If they have enough support here in UK, they can survive natra ta garho cha.. can't say anything more.

    Have to see how the colleges will respond to the UKBA's notice, if they want there college to stay and provide service they will meet the requirements, but thag, chor .. paisa khane college ho bhane chahi, less to do bout it.

    Anways, Lets pray..

    Pashupatinath le hami sabai ko rakchya garun!!

  4. #4

    Re: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    Read this :
    बेलायतमा विद्यार्थीको समस्याः कानुनी समीक्षा

    सोलिसिटर राजु थापा

    हालै बेलायतमा अध्ययनका क्रममा गुणस्तर शिक्षा हासिल गर्ने उद्देश्यले प्रवेश गरेका विद्यार्थीहरुले विभिन्न समस्याहरु भोग्नु परिरहेको तथ्य छर्लङ्गै छ । अहिलॆ विद्यार्थी शिक्षा हासिल गर्नुभन्दा आफ्नो अद्यागमन स्थिति कसरी सुदृढ गर्न सकिन्छ भन्नेमा बढी चिन्तित भएको पाइन्छ ।

    अष्ट्रेलियनमार्फत तयार गरिएको प्वाइन्टसम्बन्धी व्यवस्थाअन्तर्गत विद्यार्थीहरुले अध्ययन गर्ने शैक्षिक संस्थाबाट जारी गरिने भिसापत्र वा आधिकारिकरुपमा अध्ययन गर्न स्वीकृत प्रदान गरेको पत्रका आधारमा ३० प्वाइन्ट र आफूले अध्ययनका लागि लाग्ने खर्चका अतिरिक्त अध्ययनका क्रममा बेलायतमा रहूदा बस्दा लाग्ने खर्च यथेष्टरुपमा आफूसूग भएको प्रमाणका आधारमा १० प्वाइन्ट गरी ४० प्वाइन्ट ल्याउनुपर्ने प्रावधान वर्तमान अद्यागमन नियमले निर्दिष्ट गरेको छ । युके बोर्डर एजेन्सी युकेबीए ले कुनैपनि विद्यार्थीलाई दाखिल हुन सुझाव दिएको छ ।

    युकेबीएले मान्यता नदिएका शैक्षिक संस्थाका हकमा विद्यार्थीहरु ल्याउन बन्देज लगाएको छ । वैधानिकरुपमा मान्यता पाएका शैक्षिक संस्थाहरुको विद्यार्थीका हकमा स्पोन्सरका हैसियतले काम गर्ने भएकोले स्पोन्सरअन्तर्गत तोकिएका काम कर्तव्य र अधिकारहको प्रयोग सहीढङ्गबाट भएनभएको छानबिन हुने भएकोले युकेबीएले त्यस्ता शैक्षिक संस्थाहरुको निरीक्षण गर्ने विद्यार्थीहरुको रेकर्ड हेर्ने र अध्ययनअध्यापनका लागि के कस्ता प्रकि्रयाहरु अपनाइएका छन् त्यस सम्बन्धमा जानकारी लिएपश्चात् आवश्यकताअनुसार ए वा बी रेट सस्पेन्ड निलम्बन गर्ने वा लाइसेन्स रद्द वा खारेज गर्ने पूर्ण अधिकार युकेबीएलाई छ ।

    प्वाइन्टमा आधारित प्रणालीअनुसार टियर फोरअन्तर्गत बर्गीकरण गरिएको विद्यार्थीहरुका हकमा युकेबीएले कार्यान्वयन पक्षका लागि निम्न कुरामा जोड दिएको पाइन्छ

    १) कुनै पनि शैक्षिक संस्थाले युरोपियन इकोनोमिक एरियाभन्दा बाहिरका विद्यार्थी ल्याउन युकेबीएसूग विधिवत्रुपमा मान्यताप्राप्त स्पोन्सर लाइसेन्स लिएको हुनुपर्नेछ । यस्ता शैक्षिक संस्थाहरुले एकातिर एकि्रडियसन लिनुपर्छ भने अर्कोतिर युकेबीएबाट भएको निरीक्षणमा गुणस्तर शिक्षा प्रदान गर्न त्यस्ता शैक्षिक संस्थाहरु स्थापना भएको प्रमाण पेश गर्नुपर्नेछ । युकेबीएबाट भएको निरीक्षणमा त्यस्ता शैक्षिक संस्थाहरुले स्पोन्सरअन्तर्गत गर्नुपर्ने काम कर्तव्य र अधिकारहरु पूरा गर्नसक्ने आधारहरु स्थापित गरेको हुन सक्नुपर्नेछ ।
    २) विद्यार्थीहरुले अध्ययन गर्दा मान्यताप्राप्त योग्यता हासिल हुने अध्ययनलाई युकेबीएले मान्यता दिएको छ । यसका लागि विद्यार्थीहरुले आफूले हालसम्म अध्ययन गरेको विवरणका साथै कम्तीमा पनि नेसनल क्वालिफिकेसन फ्रेमवर्कअन्तर्गत लेभल ३ वा सोभन्दा माथि युरोपियन कमन फ्रेमवर्क या reference for language अन्तर्गत कम्तीमा लेभल २ अन्तर्गत अङ्ग्रेजी पढ्नका लागि कलेजमा दाखिला हुनसक्ने दायरा तोकिएको छ ।
    ३) विद्यार्थीका हकमा बेलायतमा आएका सम्पूर्ण विद्यार्थीहरुले डिग्री लेभलभन्दा कमका कोस्रहरुका हकमा ३ वर्षभन्दा बढी समय बिताउन नपाउने प्रावधान छ ।
    ४) कुनै पनि कोस्रसूग सम्बन्धित भएको वा वर्क प्लेसमेण्टको हकमा कोस्रको अवधिभित्र ५० प्रतिशतभन्दा बढी काम गर्न पाइनेछैन ।
    ५) विद्यार्थीहरु अध्ययनका क्रममा बेलायतमा आएकाको हकमा ३१ मार्च २००९ बाट लागू हुनेगरी कम्तीमा पनि ४० प्वाइन्ट हासिल गर्नुपर्ने प्रावधान छ ।
    ६) विद्यार्थीहरुका हकमा जारी गरिएको भिसा लेटर वा कन्फरमेसन अफ एसेप्टेन्स फर स्टडिज सीएएस को आधारमा प्वाइन्ट प्राप्त हुनेछ ।

    अध्ययनका क्रममा बेलायतमा रहूदाबस्दा पर्याप्त पैसा भएको प्रमाणका आधारमा १० प्वाइन्ट दिने व्यवस्था सर्वसाधारणलाई जानकारी नै छ । प्वाइन्टसम्बन्धी व्यवस्थाबाट विद्यार्थीहरुले एकातिर अध्ययनका क्रममा विशुद्धरुपमा स्थापना गरिएका शैक्षिक संस्थाहरुबाट अध्ययन गर्न पाउने भए भने शैक्षिक संस्थाहरुले पनि आफ्नो काम कर्तव्य र अधिकारहरुप्रति सजग बनाएको पाइन्छ । कुनैपनि लाइसेन्सप्राप्त स्पोन्सरले जानिबुझिकन कुनै लापरबाही गरेमा त्यस्ता स्पोन्सरमाथि कारबाही गरिनेछ । कुनै पनि विद्यार्थीले अध्ययनका क्रममा जानिबुझिकन लापरबाही गरेमा त्यस्ता विद्यार्थीहरुका भिसा रद्द गरिनेछ र बेलायतबाट हटाइनेछ ।

    कुनैपनि विद्यार्थीहरु अध्ययनका क्रममा बेलायत आऊदा ९ महिना वा सोभन्दा कम अवधिका कोस्रका हकमा शैक्षिक संस्थाले तोकेको शुल्क र लन्डनका हकमा प्रतिमहिना ८०० गुणा ९ का दरले जम्मा ७२०० पाउण्ड र लन्डनबाहिरका हकमा ६०० गुणा ९ का दरले ५४०० आफ्नो खातामा भएको प्रमाण देखाउनुपर्नेछ ।

    तर भिसा थप गर्नका लागि आफ्नो पढाइका लागि लाग्ने खर्च र लन्डनका लागि प्रत्येक महिना ८०० पाउण्डका दरले दुई महिनाका लागि १६०० पाउण्ड र लन्डनबाहिरको हकमा प्रत्येक महिना ६०० का दरले १२०० पाउण्ड आफूसूग भएको प्रमाण पेश गर्नुपर्नेछ । हालको अद्यागमन नियमले अभिभावक वा संरक्षकसूग भएको ब्याङ्क ब्यालेन्सलाई पनि मान्यता दिएको छ । यसका लागि खाता प्रमाणित जस्तैः जन्मदर्ता प्रमाणपत्र वा अदालतले विधिवत्रुपमा संरक्षक भएको प्रमाण पेश गर्नुपर्नेछ ।

    विद्यार्थीको भिसा रिफ्युज हुने अवस्थाहरु:

    हालै युकेबीएमा विद्यार्थीहरुले भिसा बढाउन दिएको निवेदनमा कानुनी प्रकि्रयाहरुलाई अवलम्बन नगर्दा विद्यार्थी भिसा रिफ्युज भएका विविध कारणहरु छन् । मेरो पेशागत अनुभवका आधारमा मैले निम्न कुराहरु देखेको छु

    क) युकेबीएले तोकेको दस्तुर नतिरेमा वा दस्तुर अमिल्दो भएमा
    ख) युकेबीएले तोकेको मेन्टिनेन्स फण्ड विद्यार्थीसूग आवेदन गर्दा नभएको अवस्थामा
    ग) स्पोन्सरका हैसियतले शैक्षिक संस्थाबाट जारी गर्ने भिसापत्र वा आधिकारिकरुपमा अध्ययनका लागि स्वीकृति प्रदान गरेको पत्र सीएएस मा युकेबीएले तोकेको ढाूचामा नभएको वा बाध्यात्मकरुपमा दिनुपर्ने महत्वपूर्ण विवरण नभएको अवस्थामा
    घ) आफूसूग भएका शैक्षिक योग्यताहरुको सक्कल प्रमाणहरु पेश नगरेमा आफ्नो योग्यता वा आवश्यक लिखतहरु अन्य भाषामा भए त्यसलाई मान्यताप्राप्त व्यक्ति संस्था वा विभागबाट अङ्ग्रेजी रुपान्तरण गर्नुपर्ने र नगरेमा युकेबीएले त्यस्ता निवेदनलाई रिफ्युज गर्नेछ ।
    ङ) विद्यार्थीहरु अध्ययनका क्रममा आफूले अध्ययन सुरु गर्न लागेको कोस्र र निवेदनमा एक महिनाभन्दा बढीको फरक भएमा भिसा रिफ्युज हुने प्रावधान नयाँ अद्यागमन नियममा छ ।

    विद्यार्थीहरुले निवेदन दिंदा माथिका उल्लेखित अवस्थामा भिसा बढाउन युकेबीएले नमानेमा वा रिफ्युज गरेको अवस्थामा विद्यार्थीहरुले पुनः निवेदन दिनसक्छन् । तर मेन्टिनेन्स फन्डका हकमा २ महिनाको नभई १ वर्ष कोस्रका लागि ९ महिनाको मेन्टिनेन्स फन्ड र ट्युसन फी देखाउनपर्ने हुन्छ । यसको मुख्य कारण भिसा रिफ्युज भएका विद्यार्थीहरुले नयाँ निवेदन दिँदा निजको भिसा नभएको आधार मानी विद्यार्थीहरुले पुनः सुरुको अवस्थामा दिएको निवेदनका सर्त वा अवस्थालाई पूरा गर्नुपर्ने हुन्छ ।

    कलेज परिवर्तन गर्न पाउने वा नपाउने

    कुनै पनि विद्यार्थी बेलायत प्रवेश गरेपश्चात् अध्ययन गराउने शैक्षिक संस्थाको अध्ययनअध्यापन चित्त नबुझेमा र आफूले चाहेजस्तो कोस्र नभएमा कुनै अन्य शैक्षिक संस्था टियर ४ अन्तर्गत रजिष्टर्ड भएको ए रेटको कलेज मा परिवर्तन गर्न चाहेमा नयाू शैक्षिक संस्थाबाट नयाँ भिसा लेटर वा सीएएस प्राप्त गर्नुपर्नेछ । तत्पश्चात् युकेबीएमा नयाँ भिसाका लागि निवेदन दिनुपर्नेछ । युकेबीएले अध्ययनका लागि निर्णय नदिएसम्म नयाँ शैक्षिक संस्थामा अध्ययन नगर्न म सुझाव दिन चाहन्छु । यसको मुख्य कारण विद्यार्थीहरुको भिसा रद्द हुनेमात्र होइन कि यसलाई युकेबीएले फौजदारी अभियोगको रुपमा राखेको छ ।

    तर एउटै शैक्षिक संस्थामा अध्ययन गर्नाका लागि भर्ने नयाू भिसा लेटर वा सीएएसको जरुरत पर्नेछैन । यसका लागि युकेबीएसूग स्वीकृत लिनुपर्नेछैन । तर मुख्यतया ख्याल राख्नुपर्ने कुरा के छ भने आफ्नो भिसा अवधि छोटो छ भने भिसा थपका लागि नयाँ निवेदन दिनुपर्नेछ । यसअघि शैक्षिक संस्थाले कुनैपनि विद्यार्थीहरुले आफ्नो शैक्षिक संस्थामा कोस्र परिवर्तन गरेको जानकारी युकेबीएलाई दिनुपर्ने प्रावधान थियो ।

    यसरी एक शैक्षिक संस्थाबाट अर्को शैक्षिक संस्थामा अध्ययन गर्न परेको निवेदनलाई युकेबीएले प्राथमिकता दिएको छ जसको निर्णय यथाशक्य चाूडो हुने होम अफिसको विज्ञप्तिमा उल्लेख
    छ ।

    विद्यार्थीले कलेज परिवर्तन गर्दा कहिले परिवर्तन गर्ने हो त्यस सम्बन्धमा जानकारी दिन म जरुरी ठान्छु । ५ अक्टोबर २००९ भन्दा अघि कुनै विद्यार्थीले आफू अन्यत्र कलेजमा गएको अवस्थामा युकेबीएबाट स्वीकृतपत्र लिएको हकमा परिवर्तन गर्न पाउने प्रावधान छ । यस्तो अवस्थामा युकेबीएले कुनै पनि विद्यार्थीको भिसाको अवधि टियर ४ अन्तर्गत रजिष्टर्ड भएको स्पोन्सर र कोस्र ल्त्तँ भिखभि ३ भन्दा माथि भएको अवस्थामा स्वीकृतीपत्र जारी गर्ने प्रावधान छ । हालैको परिवर्तनमा युकेबीएसूग कलेज परिवर्तन गरेको जानकारीलाई मान्यता दिएको छैन । यसका लागि युकेबीएले तोकिएको एद्यक् का आधारमा ४० प्वाइन्ट ल्याउनुपर्ने प्रावधान छ । होम अफिसले निर्णय गरेपश्चात् मात्र कलेज परिवर्तन गर्न पाउने प्रावधान छ ।

    कलेजको कानुनी स्थिति बी डेट र सस्पेन्डेड कलेजको हकमा

    विद्यार्थीहरुले अध्ययनका क्रममा र भिसा थपका लागि निवेदन दिनपूर्व युकेबीएको बेभसाइट निरन्तररुपमा हेरी कुन कलेज ए रेट बी रेटमा निलम्बन परेको वा खारेजमा परेको छ भन्ने जानकारी लिएपछिमात्रै निवेदन दिन म सुझाव दिन्छु । सर्वप्रथम म बी रेटको कलेजको कानुनी स्थिति सस्पेन्डमा परेका शैक्षिक संस्थाहरुको बारेमा यहाँ उल्लेख गर्न चाहन्छु ।

    बी रेट कलेजको कानुनी स्थिति

    यसलाई त्चबलकष्तष्यलबि चबतष्लन को रुपमा पनि राखिएको छ । यसको अर्थ युकेबीएले स्पोन्सरका रुपमा शैक्षिक संस्थालाई आफ्नो दायित्व र जिम्मेवारीप्रति सजग हुन दिएको मौका हो जसअन्तर्गत त्यस्ता शैक्षिक संस्थाहरु निरीक्षणका क्रममा यथेष्ट सुधार भएको प्रमाण देखाएमा ए रेटको लाइसेन्स पुनः प्राप्त गर्नेछ ।

    यसरी सुधारको मौका दिंदादिंदै पनि कुनै परिवर्तन नभएमा वा अद्यागमन नियमले तोकेको परिधिभित्र काम नगरेमा त्यस्ता शैक्षिक संस्थाहरुको लाइसेन्स रद्द गरिनेछ वा खोसिनेछ ।

    यसरी बी रेटका शैक्षिक संस्थाहरुलाई युकेबीएले एक्सन प्लानमा राखेको छ । यस प्लानअन्तर्गत युकेबीएले शैक्षिक संस्थाहरुलाई आफ्नो कर्तव्यप्रति इमान्दार हुन र ए रेटको लाइसेन्सका लागि केकस्ता सर्त र अवस्थाका अधीनमा रहनुपर्छ भन्ने सम्बन्धमा जानकारी गराइन्छ । यसअन्तर्गत विद्यार्थीहरुको रेकर्ड राख्ने कुनै विद्यार्थीहरु कलेजमा हाजिर नभएमा त्यस्ता विद्यार्थीहरुका बारेमा रिपोर्ट गर्ने आदि पर्दछन् ।

    यस प्लान साधारणतया तीन महिनाभित्र पूरा गर्नुपर्ने हुन्छ । अधिकतम समायावधि १२ महिनाको हुनेछ । प्रत्येक तीन महिनामा त्यस्ता कलेजको पुनरावलोकन गरिनेछ । १२ महिनाको अवधिसम्म पनि बी रेटकै कलेज भएमा स्वतः लाइसेन्स गुम्ने प्रावधान छ ।
    Last Edit: December 20, 2009, 02:13:50 AM by administrator Report to moderator 82.44.227.52

    Raju Thapa, LLM

    Asghar & Co Solicitors
    112-114 The Broadway, Southall, London, UB1 1QF
    Phone: 0208 843 0010
    asghar
    Immigration Solutions
    Full Member
    ***
    Online Online

    Posts: 239



    View Profile Email


    Re: बेलायतमा विद्यार्थीको समस्याः कानुनी सम&#
    Reply #1 on: December 20, 2009, 02:15:52 AM
    Reply with quoteQuote
    continue from above topic:

    सस्पेन्ड कलेजको स्थिति

    स्पोन्सर शैक्षिक संस्थाले आफ्नो काम कर्तव्य र अधिकारको उल्लङ्घन गरेमा र त्यसबाट अद्यागमन नियन्त्रणमा खतरा भएमा युकेबीएले त्यस्ता शैक्षिक संस्थालाई निलम्बन गर्नसक्छ । परिणामतः युकेबीएले त्यस्ता कलेजहरुलाई स्पोन्सर रजिष्टर्डबाट हटाउनेछ र कुनै पनि विद्यार्थीहरुलाई निलम्बन गरिएको अवधिभर अध्ययनका लागि भिसा लेटर वा सीएएस जारी गर्न रोक लगाएको छ । यदि सस्पेन्ड कलेजले कुनै पनि विद्यार्थी अध्ययनका लागि भिसा लेटर वा सीएएस जारी गरेको अवस्थामा युकेबीएले त्यस्ता शैक्षिक संस्थामाथि आवश्यक कारबाही गर्नेछ ।

    युकेबीएले सस्पेन्ड कलेजको स्थितिमा निर्णय गरेपश्चात् मात्र कलेजले ए वा बी रेटको आधारमा विद्यार्थीहरु स्पोन्सर गर्न सक्नेछन् । साथै युकेबीएले शैक्षिक संस्थाको आधारभूत संरचना केकस्ता आधारमा पठनपाठन भइरहेको छ विद्यार्थीहरुको रेकर्ड कसरी राखिएको छ कलेजमा अध्ययन गर्न नआउने विद्यार्थीहरुका हकमा युकेबीएलाई जानकारी दिएको छ वा छैन शैक्षिकस्तर गुणस्तर छ या छैन भन्ने तथ्यलाई विचार गर्दछ । स्पोन्सरले आफ्नो कर्तव्यपालना नगरेको अवस्थामा लाइसेन्स खोस्ने वा रद्द गर्ने पूर्ण अधिकार युकेबीएमा सुरक्षित छ ।

    मुख्यतया शैक्षिक संस्थाहरुको रेकर्ड र रिपोर्टिङको आधारमा वा तोकिएको ऋभचतषष्अबतभ या कउयलकभचकजष्उ या स्पोन्सरसीपभन्दा बढी विद्यार्थीहरुलाई इन्रोल गराएको अवस्थामा सस्पेन्ड गरिनेछ । युकेबीएको तर्फबाट आएका भिजिटिङ अफिसियलले त्यस्ता शैक्षिक संस्थाहरुलाई केकस्ता कार्यहरु गरेकोमा सस्पेन्ड गरिएको हो कारण दिनेछ र २८ दिनभित्र युकेबीएले दिएको पत्रको जवाफ दिने प्रावधान छ । तर २८ दिनभित्र जवाफ दिन नसक्ने अवस्था भएमा थप समयको माग गर्न सकिनेछ । सस्पेन्डमा परेको शैक्षिक संस्

  5. #5

    Re: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    I don't think it will do any good if they return to Nepal. Guys sometime thinking other way around with problems and issues definately solve it. Giving up now will be not option. Fight back. but don't involve yourself in such things that you will be shamed of yourself in future. Well until now I was talking to boys. And for girls I request rather then advise. My friends just moved to UK(I mentioned about it on some topic here) there college was on the blacklist too. I recieved a phone from one of them and she was like crying or hopeless. So I called my elder brother and sister in law(both of them working doctors) to help them. Now all of my friends just arrived in my brother home( my brother phoned me right now). I also asked a favor to look for a job for them. And also advise my friends to look for themself, not entirely depend on my brother or sister in law. Good thing was one got job right there, my sister in law paying good money hourly for looking after my twin nephews, I mean babysitting them. Can you believe?!!! I am actually looking job for my three friends from here, Nepal, on the internet. I think it brillint idea to do this. Students who already are there have no time looking for job or hard for them to find one. Even lost of money, travelling here and there. So I am going to help them. not only my friends but as much as everyone here who contact nepalisamajuk.com. So anyone from Nepal who joined this forum please do the same. In fact i am starting new topic in general category for JOB finding. Hope it work.

    Boys in such time girls are helpless, please do help them all. Even if sharing food or room will help(I dont mean in the bad sense). Time is like that, everyone must help and must be resourceful.
    Please make donation for UNICEF and help childrens smile

  6. #6

    Re: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    Girls none of you are hopeless or helpless if you believed in yourself, however, I wont take chance with it so here goes. If someone violate your rights or security safety, go for police and hope UK police are not like those here. However, if its about life threatening I most humbly request to seek help from UN organization in UK.

    United Nations Association of the UK
    3 Whitehall Court
    London
    SW1A 2EL

    Switchboard +44 (0)20 7766 3444
    Fax +44 (0)20 7930 5893

    its look so simple to write and give advise, I dont know how difficult you all must be guys. And i even don't know where the hell that 3 whitehall court in london is. not everyone can reach there for UN talk. But atleast write this on note. Better then nothing right.
    Please make donation for UNICEF and help childrens smile

  7. #7
    Senior Member
    Join Date
    Jun 2008
    Posts
    1,460

    Re: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    ;D kasto yar, comment gardaina bhanchu, garna maan lagcha feri :

    ABA K HUNU NI,,,, SAUJI,,,, ABA KUNAI WAY nabhayepachi,,,,,
    ... koi majburi le naramro kam garchan,, like australia,, I m sure hamro nepal EMBASSY KO NEW SAUJI,,,40SE JI ramro hununcha,, akhir ma, TOURISM BOARD BATA AUNU BHAKO ho,, kunai din bhet hola , ramro comment aula

    ...ABA yati lakhau manche illegal chan, KOI ILLEGAL nai bhayera baschan,, afno at least kharcha uthauchan,,,,,
    ...KOI ko 2 yrs ,, 3 yrs ko visa cha,, aba full time kaam garchan,,,
    ...KOI PAPER MARRIAGE GARERA AYEKACHAN,,, gori gori taruni sanga love garera,,, yaso bihe garne mauka khojera baschan
    ,, kOI frustrate bhayera,, JAYA NEPAL bhanera tribhuwan international airport ma farkanchan,,,
    ,,,,,Koi,, jimdhar,,,,, thag,,,, wa dhani bau ko choro bhaye,, at least minimum fee matra 4000 p/y Tirera,, masters garna agadi badchan,, ani future ramro hola bhanne,,,,, dream garchan,, N I WISH THEM THERE DREAM COMES TRUE
    , i M SURE,, TYASTO MANCHE SUCCESS NI HUNCHA ;D

    KHOI HAJUR MA PAKHE MANCHE,,,,,,,,,,,,,,,, JANMA PATHARKOT,,,, HURKEKO GOLKOT,,,,,,, ADHYAN,,, THANKOT,,,,,,, ABA YAHI HUNCHA UK MA BASNE nepali student ko
    your choice,
    england_hotmale(pakhe)

  8. #8

    Re: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    i really enjoy your comment. Ah even in time like this you can be so funny. Thats what i love about you. Seriously even in hardship if men can think like you Mr England Hotmale, you can really achieved success in life. Well I am happy for you. But dont call me sauji because I am a girl. Yet I won't mind if you call me your highness or majesty or princess or just Lady .
    Please make donation for UNICEF and help childrens smile

  9. #9

    Re: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    Wait!!!!! what and who did something wrong in Australia out of desperation? I heard few news but not really thought it was real.
    Please make donation for UNICEF and help childrens smile

  10. #10

    Re: अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    अब युकेमा नेपाली विद्यार्थीको क् हुन्छ त

    ==========================

    Sake samma ta help garne ho . Afai euta student. advice haru dina sakincha. Paisa kasari firta paune, ra education institution kasari change garne bhanera chahi solicitor lai nai soddha ramro hola.



Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •